नेपालीलाई कतारमा आशा, मलेशियामा निराशा

कतारमा यसै साता प्रमाणित भएको नयाँ कानुनका कारण वर्षौदेखि स्वदेश फर्कन नपाएका नेपाली कामदारहरूमा सहजै स्वदेश फर्कन पाउने आशा जागेका बेला मलेशियामा भने अवैध आप्रवासीलाई दिइएको आममाफीको समय सकिएकाले कतिपय नेपाली कामदारहरू निराश बनेका छन्।

सम्बन्धित सामग्री

पूँजीबजारमा सुधार

नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले सर्ट सेलिङ, इन्ट्रा डे कारोबार, अक्सन मार्केट, सेक्युरिटी लेन्डिङ एन्ड बरोइङको व्यवस्था गरी इक्विटी डेरिभेटिभ्सलगायत नयाँ औजारहरू लागू गर्ने सम्बन्धमा अध्ययन थालिनेलगायत नीति तथा कार्यक्रम अघि सारेको छ । बोर्डले धितोपत्र बजारलाई स्वच्छ, पारदर्शी र लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता समेत गरेको छ । यद्यपि विगतमा पनि यस्ता घोषणा हुने गर्थे । अहिले पनि कतिपय तिनै कार्यक्रम दोहोरिएपछि धितोपत्र बजारमा अझै सुधार गर्न आवश्यक रहेछ भन्ने देखिएको छ ।  जसरी सरकारले नीति तथा कार्यक्रम ल्याएर आर्थिक वर्षका क्रियाकलाप सार्वजनिक गर्छ, त्यसैगरी धितोपत्र बोर्डले पनि चालू वर्षका लागि कार्यक्रम तय गरेको छ । लगानीकर्ताले बोर्डबाट थुप्रै परिवर्तनका अपेक्षा गर्दै आएका छन् । लगानीकर्ताका यस्ता अपेक्षालाई पूरा गर्नु अहिलेको आवश्यकता हो । भारतले अहिले शेयर किनबेच भएकै दिन हिसाबकिताब राफसाफ गर्नेगरी नीति बनाउन लागेको छ । नेपालमा भने अहिले पनि यस्तो हिसाब मिलान गर्न तीन कार्यदिनको अवधि दिइएको छ । यसमा सुधार आवश्यक छ ।  भारतले अहिले शेयर किनबेच भएकै दिन हिसाबकिताब राफसाफ गर्नेगरी नीति बनाउन लागेको छ । नेपालमा भने अहिले पनि यस्तो हिसाब मिलान गर्न तीन कार्यदिनको अवधि दिइएको छ । त्यसमा पनि कतिपय लगानीकर्ताले आफूले समयमा भुक्तानी नपाएको भनी बारम्बार गुनासो गरेको पाइन्छ । नेपालको शेयरबजार निकै सानो आकारको भएकाले त्यसलाई कार्यान्वयन गर्दा सरकारले त्यति ठूलो रकम गुमाउनुपर्ने देखिँदैन । त्यसैले नेपालमा पनि शेयर बेचेकै दिन पैसा खातामा आउने व्यवस्था गरिनुपर्छ । अझ शेयर किनबेच खातालाई ब्रोकर कम्पनीसँग गाँसेर किनेको र बेचेकै दिन खातामा पैसा आउने वा जाने व्यवस्था गर्नुपर्छ । तर, यसतर्फ भने कसैको पनि ध्यान गएको देखिँदैन । बोर्डको नीति तथा कार्यक्रममा हरेक वर्ष परिरहने विषय हो : वस्तु विनिमय बजार सञ्चालन । दशकभन्दा अघि नै लगानीको राम्रो विकल्प बनेको वस्तु विनिमय बजार अझै सञ्चालनको टुंगो छैन । तर, बोर्डका कार्यक्रममा यसलाई समेटिएको छ । विगत केही वर्षका कार्यक्रममा यो पर्दै आए पनि बोर्डले यसलाई लागू गर्न सकेको छैन । त्यसैले वस्तु विनिमय बजारलाई तत्कालै शुरू गर्ने वातावरण बनाइनुपर्छ । पटकपटक अनुमतिका लागि निवेदन माग गरे पनि तिनलाई सञ्चालनमा ल्याउन सकिएको छैन । केले रोकेको हो बुझ्न सकिएको छैन ।  बजारलाई स्वच्छ पार्ने, पारदर्शी बनाउनेजस्ता अमूर्त नारा यस वर्षको नीति तथा कार्यक्रममा पनि परेको छ । तर, बजारमा भइरहेका विभिन्न चलखेल रोक्न र यसो गर्नेलाई कारबाही गर्न बोर्ड असफल भइरहेको छ । पूँजीबजारको विस्तार पनि यस्तै कार्यक्रम हो । नेपालको शेयरबजारमा गैरआवासीय नेपालीलाई लगानी गर्न दिने विषय पनि अन्योलपूर्ण नै छ । यसको रटान लगाएको पनि वर्षौं बितिसकेको छ । तर, गैरआवासीयले अझै लगानी गर्न पाएका छैनन् । हो, बैदेशिक रोजगारीमा गएकाहरूले आईपीओ भर्न पाउने व्यवस्था गरिएको छ । यो सकारात्मक छ ।  विश्व बजारमा शेयरको उतारचढाव तत्काल थाहा पाउन सकिन्छ । तर, नेपालमा यसका लागि महीनौं लाग्न सक्छ । त्यसैले रियलटाइम कारोबार थाहा पाउने व्यवस्था गरिदिनुपर्छ । संसारको जुनसुकै कुनामा बसेपनि कारोबार गर्न पाउने व्यवस्था मिलाउन आवश्यक छ । शेयरबजारको विस्तारका लागि विज्ञहरूको समिति गठन गर्ने पनि नीति लिइएको छ । कुनै राजनीतिक दलको पहुँचमा भन्दा पनि साँच्चिकै विज्ञ र इमानदार व्यक्तिहरूबाट यस्तो समिति गठन गर्न आवश्यक छ । विज्ञ भन्दै जो पायो त्यही व्यक्तिलाई समितिमा राखियो भने त्यसले उल्टै निराशा फैलाउँछ । निराशाको अवस्था सृजना भयो भने धितोपत्र बजारको विकास हुन सक्दैन । त्यसैले धितोपत्र बोर्डमा दशकौंदेखि चर्चामा रहेका र लगानीकर्ताले काम गरेका कुराको सम्बोधन गर्न अब ढिला गर्नु हुँदैन । नेपालको शेयरबजार विगतको तुलनामा अहिले निकै प्रविधियुक्त बने पनि सुधार गर्नुपर्ने विषय पनि थुप्रै छन् । तिनलाई पनि स्पष्ट पारेर काम गर्नुको विकल्प छैन ।

विकृतिका चाङमाथि सुधारको प्रयास !

यतिखेर देशभरि नै सरकारले कामै गरेन, कुन कामलाई तत्काल गर्नुपर्ने हो त्यतातिर ध्यान गएन भनेर चौतर्फी निराशा छाएको पाइन्छ । हुन पनि बढ्दो भ्रष्टाचार, महँगी, सरकारी सेवालगायत सुशासनको समग्र पक्षलाई हेर्ने हो भने आमसर्वसाधारणको वितृष्णाप्रति असहमति हुने ठाउँ छैन । यति हुँदाहुँदै पनि देशमा व्याप्त विकृति सुधार गर्न केही न केही प्रयास भने भइरहेको देखिन्छ । खासगरी भ्रष्टाचारका ठूलाठूला फाइल खोल्ने प्रयास गरिएको छ । तीमध्येको एउटा उदाहरणको रूपमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनालाई लिन सकिन्छ । उक्त घटनामा संलग्न भएको आरोपमा पटकपटक शासन सत्तामा पुगेका पहुँचवाला व्यक्ति पक्राउ परिसकेका छन् । अझैं अन्य उपल्लो तहका व्यक्तिहरू उक्त घटनामा संलग्न रहेको अनुमान गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन माओवादी लडाकू शिविरमा भएको भनिएको भ्रष्टाचारको खण्डन गर्दै अडिट रिपोर्ट सार्वजनिक गर्न सकिने बताउनुभएको छ । प्रधानमन्त्रीले साँच्चिकै उक्त घटनाको अडिट रिपोर्ट सार्वजनिक गर्नुभयो भने आमजनताले चित्त बुझाउन सक्छन्, जुन कुरा सकारात्मक हो । विगतमा नेपालमा भ्रष्टाचार र सुशासनसँग जोडिएका थुप्रै घटना सार्वजनिक भएका छन् । कहिले बालुवाटार काण्ड, कहिले ओम्नी, कहिले वाइड बडी काण्ड सार्वजनिक भएका छन् । तर, त्यस्ता घटना चर्चामा आउने र त्यत्तिकै सेलाउने गरेका छन् । दोषीलाई कारबाही नगरी त्यत्तिकै छाडिएका कारण जनतामा विृतष्णा बढेको हो । त्यसैले सरकारले अहिले जसरी भ्रष्टाचारका फाइल खोजेर दोषीलाई कारबाही गर्ने भनेको छ, त्यसमा कुनै पनि हालतमा कञ्जुस्याइँ गर्नु हुँदैन । प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा लागेका सबैलाई कारबाही मात्र गर्न सक्यो भने पनि त्यसले जनतामा बढ्दो निराशा कम गर्न सहयोग पुग्छ । प्रधानमन्त्रीले लडाकू शिविरमा वितरण गरेको रकमको अडिट रिपोर्ट सार्वजनिक गर्नुभयो भने त झनै राम्रो भयो । अहिलेको सरकारले यस्तै २, ४ ओटा ठूला भ्रष्टाचारका फाइललाई टुंगोमा पुर्‍यायो भने यसपछि आउने सरकारलाई पनि केही न केही काम गर्नुपर्ने बाध्यता हुन्छ । दोषी कारबाहीमा पर्न थालेपछि गल्ती गर्दा कारबाही हुन्छ भन्ने मनोविज्ञानले काम गर्छ र यसले गर्दा आशाको सञ्चार हुन्छ । त्यसैले अहिले नै निराश नभई देशमा केही भइरहेको छ भनेर महसूस गर्नुपर्छ । कुनै पनि घटनालाई लुकाएर राख्नुभन्दा सत्यतथ्य बाहिर ल्याउनु बढी श्रेयकर हुन्छ ।

खेलाडीले बालेको उज्यालो दियो

मुलुकमा शासन र तिनीहरुका प्रतिनिधिबाट आस गर्ने ठाउँ देखिँदैन वर्तमान परिवेशमा। तर त्यस्तै निराशाका बादलमा चाँदीका घेरा देखिनु दुर्लभ दृश्य बन्न जान्छन् यदाकदा। देशमा तमाम अवस्था सकारात्मक नहुँदा खुसी हुने बहाना बनेको खेलकुद। यद्यपि त्यो क्षेत्रमा पनि समस्या बेहिसाब छन्। तर, खेलाडीको मिहिनेतले दिएको खुसीले कम्तीमा तमाम निराशा र असन्तुष्टिलाई केही हदसम्म बिर्सने बहाना नेपालीलाई […]

नीति तथा कार्यक्रम : कागजी खोस्टो

हरेक नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यामा सरकारले सार्वजनिक गर्ने नीति तथा कार्यक्रम यसपालि पनि राष्ट्रपतिबाट वाचन भयो । सरकारको नीति तथा कार्यक्रम हेर्दा मुलुक समुन्नत र समृद्ध बन्ने देखिन्छ । जेठ १५ अघि अर्थमन्त्रीले सार्वजनिक गर्ने आर्थिक सर्वेक्षणमा उल्लिखित आँकडा र तथ्यांकले भने आम नेपालीलाई पुनः निराशा बनाउने गर्छ । यो रीति पञ्चायतक...

नीति तथा कार्यक्रम : कागजी खोस्टो

हरेक नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यामा सरकारले सार्वजनिक गर्ने नीति तथा कार्यक्रम यसपालि पनि राष्ट्रपतिबाट वाचन भयो । सरकारको नीति तथा कार्यक्रम हेर्दा मुलुक समुन्नत र समृद्ध बन्ने देखिन्छ । जेठ १५ अघि अर्थमन्त्रीले सार्वजनिक गर्ने आर्थिक सर्वेक्षणमा उल्लिखित आँकडा र तथ्यांकले भने आम नेपालीलाई पुनः निराशा बनाउने गर्छ । यो रीति पञ्चायतक...

अनि देश कसरी बन्छ ?

श्रीलङ्काको वर्तमान अवस्थाले नेपाल र नेपालीलाई झस्काएको छ । अहिले जताततै देशको अर्थतन्त्रको बारेमा चर्चा सुनिन्छ । देश चलाउने शासकहरुको अर्कमण्यता, अदुदर्शिता, असक्षमता र व्यक्तिगत स्वार्थका कारण देशको अर्थतन्त्र कोल्याप्स हुने अवस्था तर्फ उन्मुख भयो । हरेक नागरिकलाई यो थाहा छ कि देशको आर्थिक अवस्था बिग्रँदो बाटोमा छ ।आम मानिसमा निराशा मात्र छ किनकि उनीहरुलाई जीवन धान्न नै गाह्रो छ । देशका शासकले फेयर काम गर्दैनन् । उनीहरु पपुलिष्ट काम मात्र गर्छन् । पपुलिष्ट काम दिगो हुँदैन, जुन नाटक मात्र हो ।

‘एक’बाट एउटै मात्र अपेक्षाः बहस

‘मधेसमा राज्यप्रतिको निराशा व्याप्त छ। उनीहरू एक्लो अनुुभव गरिरहेका छन्। त्यो एक्लोपन र निराशा कुनै पनि बेला विस्फोट हुनसक्छ र अगल देश बनाउने अवधारणालाई बल पुु¥याउन सक्छ। यस्ता कुराले कसलाई फाइदा पु¥याउँछ थाहा छैन तर नेपाल र नेपालीलाई घाटा पु¥याउँछ। त्यसैले, देश जोगाउने संयन्त्रको विकास गर्ने अवधारणास्वरूप ‘एक’ जन्मेको हो।’

राजनीतिक गतिरोधले चारैतिर निराशा र आक्रोश बढायो : गगन थापा

पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले राजनीतिक गतिरोधले चारै तिर निराशा र आक्रोश बढाएको बताएका छन् ।  आइतवार ट्वीटरमा एक ट्वीट गर्दै नेता थापाले प्रदेश सरकारले त झनै आफ्नो अस्तित्व बोध नै गराउन नसकेको टिप्पणी गरेका छन् । शनिवार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली (पोखरेल)लाई शुभकामना दिँदै उनले अहिलेको विषय अवस्थामा कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्ने बताए ।    गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएकोमा कृष्णचन्द्र नेपालीलाई हार्दिक वधाइ शुभका...

सरकार, दल र भाइरसको भर नपरौँ आफ्नो सुरक्षा आफैँ गरौँ

काठमाण्डाै – महिना दिन अघिसम्म नेपालीलाई लागेको थियो, कोरोनाकाल सकियो । तर वर्ष दिन नपुग्दै अर्को डरलाग्दो रूपमा कोरोना दोस्रो लहर भएर फर्कियो । छिमेकी देश भारतभन्दा डरलाग्दो भएर नेपालमा कोरोना फैलिएको छ । अस्पतालमा बेड र अक्सिजनको चरम अभाव छ । सङ्क्रमित र परिवारको रुवाबासीले अस्पतालमा कोलाहल छ । असहाय स्वास्थ्यकर्मीको अनुहारमा चरम निराशा छ । कोरोनाबाहेक अरू खालका स्वास्थ्य समस्याले थला परियो भने पनि उपचार नै नपाइ ज्यान गुमाउनुपर्ने कहालीलाग्दो अवस्था आएको छ । कहिले र कसरी नियन्त्रण हुन्छ भन्ने अनुमान नै गर्न नसकिने ग...

आत्माहत्या घटाउन नेपालीलाई आफन्त भेट्ने व्यवस्था गरिएको छ : दक्षिण कोरिया

काठमाडौं – रोजगारीका लागि गएका नेपाली कामदारमा देखिएको निराशा र आत्महत्याको समस्या न्युनिकरणका लागि आफन्तसँग भेट्ने व्यवस्था गरिएको दक्षिण कोरियाले बताएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग सोमबार भएको भेटमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले कामदारका आफन्तलाई कोरियाम...