सरकार, दल र भाइरसको भर नपरौँ आफ्नो सुरक्षा आफैँ गरौँ

काठमाण्डाै – महिना दिन अघिसम्म नेपालीलाई लागेको थियो, कोरोनाकाल सकियो । तर वर्ष दिन नपुग्दै अर्को डरलाग्दो रूपमा कोरोना दोस्रो लहर भएर फर्कियो । छिमेकी देश भारतभन्दा डरलाग्दो भएर नेपालमा कोरोना फैलिएको छ । अस्पतालमा बेड र अक्सिजनको चरम अभाव छ । सङ्क्रमित र परिवारको रुवाबासीले अस्पतालमा कोलाहल छ । असहाय स्वास्थ्यकर्मीको अनुहारमा चरम निराशा छ । कोरोनाबाहेक अरू खालका स्वास्थ्य समस्याले थला परियो भने पनि उपचार नै नपाइ ज्यान गुमाउनुपर्ने कहालीलाग्दो अवस्था आएको छ । कहिले र कसरी नियन्त्रण हुन्छ भन्ने अनुमान नै गर्न नसकिने ग...