ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ ठूलाछापमा जेठ १५ मा सालनालसहितको शिशु बोरामा हालेर पानीट्यांकीभित्र फालेको अवस्थामा भेटियो । प्रहरीले १७ वर्षीया किशोरीलाई पक्राउ गर्यो । विवाहपूर्वको यौन सम्बन्धबाट शिशु जन्मिएपछि ती किशोरीले सामाजिक अवगालको डरले शिशु फ्याँकेको देखियो ।