२२ असोज, विराटनगर । अविवाहित युवतीले जन्माएको शिशुलाई बेचेको आरोपमा डाक्टरसहित ६ जना विरुद्ध तीन वटा मुद्दा दायर भएको छ । तर नेपाल प्रहरीले घटनाका मुख्य मतियार मानेका अस्पताल सञ्चालकले भने उन्मुक्ति पाएका छन् । विराटनगर महानगरपालिका–९ मा रहेको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीले जन्माएको बच्चा (शिशु) बिक्री गरिएको घटनामा विराटनगर महानगरपालिका–२ तीनपैनी घर भएका वरिष्ठ […]
प्रहरीले नवजात शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्दै आएको आरोपमा पक्राउ परेका कोशी अस्पतालका पूर्वमेसु ६८ वर्षीय डा.तपेश्वरलाल कर्णविरुद्ध संगठित अपराध, व्यक्ति वेपत्ता र मानव बेचबिखन अपराधमा मुद्दा चलाउने राय दिएको छ ।
कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु (छोरी) नि:सन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको छ ।