बाँकेमा कृषि बीउबिजन बिक्री केन्द्रबाट खेती लगाउने बेला म्याद सकिएको बीउ बिक्री भएको पाइएको छ । निषेधाज्ञाको मौका छोपेर बीउबिजन बिक्रेताले किसानलाई म्याद नाघेको बीउ बिक्री गर्ने गरेका छन् । ग्रामीण क्षेत्रबाट बीउबिजन खरीद गर्न आउने किसानलाई म्याद नाघेको बीउबिजन बिक्री गर्ने गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए ।उनका अनुसार खेती लगाउने समयमा व्यापारीले किसानलाई ठग्ने गरेको गुनासो आउन थालेपछि बज