नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धानको बीउमा आत्मनिर्भर हुन र गुणस्तरीय बीउ तयार गर्न बीउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ ।
कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासी र किसान मिलेर यहाँका दुई स्थानीय तहमा धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा नं २ र ४ तथा गैँडाकोट नगरपालिकाका वडा नं ११ र १२ मा यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा रामधान, वार र सावा मन्सुली जातको धानखेती गरिएको छ ।
दुई कृषक समूह र एक व्यक्तिले गरी १२ बिघा क्षेत्रफलमा अहिले धानको ब...