किसानलाई अनुदानमा बीउ वितरण

कोहलपुर नगरपालिकाले अनुदानमा उन्नत धानको बीउ वितरण गर्न सुरु गरेको छ। ५० प्रतिशत अनुदानमा नगर कृषि शाखाले शुक्रबारबाट धानको बीउ वितरण गर्न थालेको हो।...

सम्बन्धित सामग्री

रामपुरका किसानलाई अनुदानमा धानको बीउ

रामपुर (पाल्पा), २४ जेठ । पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो । नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए । अनुदानमा बीउ पाएपछि किसान खुसी भएका छन् । बजारका एग्रोभेटमा महँगो […]

किसानलाई आधा मूल्यमा बीउ वितरण

भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रम अनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बीउ वितरण गरिएको हो । करिब ७० क्वीन्टल आलुको बीउ र अन्य तरकारीको बीउ दुई सय बढी किसानलाई वितरण गरिने छ । स्याउली सेवा केन्द्र र खलङ्गाबाट उक्त बीउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए। उन्नत बीउ प्रयोग गरी उत्पादन बढाउन र त

कृषकलाई आधा मूल्य अनुदानमा बीउ वितरण

सुर्खेत ः भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले ५० प्रतिशत अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ।चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रमअनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकहरूको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बीउहरू वितरण गरेको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए।करिब ७० क्वीन्टल आलुको बीउ र अन्य तरकारीको बीउ दुई सय बढी किसानलाई वितरण गरिने छ। स्याउली सेवाकेन्द्र र खलंगाबाट उक्त बीउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ

किसानलाई अनुदानमा आलुको बीउ

रसुवा- रसुवाको उत्तरगया गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेको छ । आलुखेतीलाई व्यवसायीक बनाएर जीवन निर्वाहमा सघाउ पुर्‍याउन गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेको हो ।  गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बीउ वितरण गर्न सुरु गरेको छ । गाउँपालिका -१ का वडाध्यक्ष उपेन्द्र लम्सालले शनिबार […]

किसानलाई अनुदानमा गहुँको बिउ प्रदान

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको छ। गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलो बीउ वितरण गरेको हो।कृषि शाखाका प्राविधिक सहायक करन सिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील १८ वटा कृषि सहकारी, २२ वटा कृषि समूह र ४५ वटा कृषि फार्ममार्फत ३२५ जना किसानलाई उन्नत जातको गहुँको बिउ वितरण गरिएको छ।गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत संघीय सरकारबाट प्राप्त २० लाख र

किसानलाई अनुदानमा गहुँ

कैलाली । कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो ।       गाउँपालिकाले किसानको उत्पादन बढाउन गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको बताएको छ । गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमीनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्नेलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीले जानकारी दिए । ‘हामीले जति पनि आवेदन दिएका किसान सबैलाई क्षेत्रफलको आधारमा १० कठ्ठाभन्दा माथि क्षेत्रफलमा खेती गर्नेलाई ५० प्रतिशत र १० कठ्ठासम्म खेती गर्नेलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिहेका छौं,’ कृषि शाखा प्रमुख चौधरीले भने, ‘गाउँपालिकाभित्र ७५ प्रतिशत अनुदानमा १८३ किसान र ५० प्रतिशत अनुदानमा १५३ किसानलाई गहुँको बीउ उपलब्ध गराउँदै छौं ।’ पालिकाले किसानलाई उन्नत जात विजय, एलएल, वाणगंगालगायत बीउ वितरण गरिरहेको छ । गाउँपालिकाले अविरल वर्षा र बाढीका कारण धानबालीमा क्षति भएका किसानका लागि पनि अनुदान दिने योजना बनाएको चौधरीले बताए । ‘कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं, त्यसैमाथि बाढीले पीडामा रहेका किसानलाई गहुँको बीउ दिएर हौसला दिन खोजिएको हो,’ चौधरीले भने, ‘हामीले अन्य खाले अनुदान दिने विषयमा छलफल गरिरहेका छौं ।’ अनुदानमा उन्नत जातको गहुँको बीउ पाएपछि किसान खुशी भएका छन् । जानकी गाउँपालिका–२ का गजेन्द्रबहादुर चौधरीले तीन बिघा जमिन गहुँ खेती गरिरहेका छन् । कैलाली धान र गहुँ खेतीका लागि उर्बर भूमि मानिन्छ । यहाँका किसानलाई खेतीमा आकर्षित गर्न स्थानीय पालिका र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले अनुदान सहयोग, औजार तथा प्राविधिक सहयोग गर्दै आएका छन् । यहाँ खेतीका लागि उर्वर भूमि रहेकाले कैलालीको टीकापुर र जानकीमा मात्रै दर्जनौं सहकारीले बीउ प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेका छन् । यहाँका सहकारीले उत्पादन गरेको बीउ अन्य जिल्लामा जाने गरेको छ । रासस

किसानलाई अनुदानमा गहुँ

कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो ।  गाउँपालिकाले किसानको उत्पादन बढाउनलाई गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको जनाएको छ । गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमिनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालविर ...

किसानलाई अनुदानमा आलुको बीउ

तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर गराउने ध्येयले बीउ वितरण गर्न लागिएको हो । कृषकको मागअनुसार आलुको बीउ तत्काल खरिद गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकले आलुको बीउ वितरण गर्ने निर्णय गरेको हो । नगरपालिकाले गत वर्ष जिल्लाका विभिन्न कृषक समूहलाई साढे नौ टन आलुको बीउ वितरण गरेको थियो । नग

किसानलाई अनुदानमा आलुको बीउ

तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर गराउने ध्येयले बीउ वितरण गर्न लागिएको हो ।  कृषकको मागअनुसार आलुको बीउ तत्काल खरिद गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। नगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकले आलुको बीउ वितरण गर्ने निर्णय गरेको हो ।  नगरपालिकाले गत वर्ष जिल्लाका विभिन्न कृषक समूहलाई साढे नौ टन आलुको बीउ वितरण गरेको थियो । नगरपालिकामा करिब ६००...

लमजुङका किसानलाई अनुदानमा आलुको बीउ वितरण

लमजुङ – सुन्दरबजार नगरपालिकाको कृषि शाखाले किसानलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । शाखाले नगरपालिकाभित्र रहेका ११ वटै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको हो । उर्वर खेतबारी बाँझै राख्ने, आयतित आलु किनेर खाने प्रवृत्ति बढ्दै गएकाले किसानलाई आत्मनिर्भर बनाउन अनुदानमा आलुको बीउ वितरण ग...