कृषकलाई गहुँको बीउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषकलाई गहुँको उन्नत जातको बीउ वितरण गरेको छ । नगरपालिकाले कृषकहरुको मागको आधारमा करिब ४२ क्विन्टल बीउ अनुदानमा वितरण गरिने बताएको छ ।जाजरकोटको कालेगाउँ बाट ३५ क्विन्टल गहुँको बीउ खरिद गरि ल्याएको कृषि शाखाले जनाएको छ । नगरपालिकाको ७५ प्रतिशत अनुदान र १५ प्रतिशत कृषको लगानिमा वितरण […]

सम्बन्धित सामग्री

कैलालीमा गहुँको बीउ अभाव

काठमाडौँ,२२ कार्तिक । कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् । बाढीपीडितले बाढीले भण्डारण गरेको बीउ नष्ट गरेकाले खेती गर्ने समयमा बीउ अभाव भएको गुनासो गरेका हुन् । भजनी–८ सोनाहाफाटा फागुराम चौधरी बाढीले घरमा भएमा सबै अन्न नष्ट गरेकाले यतिखेर खेती गर्ने बीउ अभाव भएको बताए। “बाढीले खेतको […]

बाढीपीडित किसानलाई गहुँको बीउ अभाव

टीकापुर– कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् । बाढीपीडितले बाढीले भण्डारण गरेको बीउ नष्ट गरेकाले खेती गर्ने समयमा बीउ अभाव भएको गुनासो गरेका हुन् । भजनी-८ सोनाहाफाटा फागुराम चौधरी बाढीले घरमा भएमा सबै अन्न नष्ट गरेकाले यतिखेर खेती गर्ने बीउ अभाव भएको बताए । ‘बाढीले खेतको धान […]

धान र गहुँको बीउ उत्पादनमा कैलाली आत्मनिर्भर

धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिरसमेत निर्यात हुन थालेको छ । जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रहेकामा उक्त परिमाणभन्दा बढी बीउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।   “बर्खे धानखेती गरिने क्षेत्रफल र गहुँको उन्नत बीउ उत्पादनको हकमा कैलाली जिल्ला देशमै पहिलो स्थानमा छ”, ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, “पछिल्ला वर्षमा धान

गहुँको बीउ उत्पादन गरेका किसानलाई अनुदान रकम प्रदान

कृषि ज्ञान केन्द्र चितवनले गहुँको बीउ उत्पादन गरेका किसानलाई अनुदान रकम प्रदान गरेको छ। भरतपुर महानगरपालिका १४ पटिहानीमा रहेको उन्नत वीज वृद्धि कृषक समुहमा आवद्ध ४ सय२८ जना किसानलाई अनुदान रकम वितरण गरेको हो।...

जुम्लामा उन्नत जातको गहुँको बीउ उत्पादन हुने

खलङ्गा, १९ माघ । कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए । स्थानीय कृषकलाई अनुदानमा बीउ उपलब्ध गर्न यहाँको तातोपानी गाउँपालिका–१ स्थित […]

किसानहरुले लुटे गहुँको बीउ

काठमाडौं। प्रदेश नं २ को सिराहा जिल्लाको औरही गाउँपालिकामा राखिएको गहुँको बीउ किसानले लुटेर लगेका छन्। औरहीका किसानहरुले गाउँपालिकाले समयमा वीउ वितरण नगरेको, बीउ बाढदा भदभाव गरेको र प्रहरीबाट किसानलाई दमन गर्न लगाएको भन्दै किसानहरुले बीउ लुटेर लगेका हुन्। ४० केजीको साढे तीन सय बोरा बीउ किसानहरुले गाउँपालिकाको स्टोर तोडफोड गरी लगेका हुन्।

गाउँपालिकाका कार्यालयबाट किसानले लुटे गहुँको बीउ

सिरहा औरही गाउँपालिकामा राखिएको गहुँको बीउ त्यहाँका किसानले लुटेर लगेका छन् । औरही गाउँपालिकाको अस्पताल परिसरमा रहेको एक घरमा वितरणका लागि राखिएको गहुँको बीउ किसानहरू लुटेर लगेका हुन् । बीउका लागि लाइनमा लागे पनि समयमा वितरण नगरेको, कसैलाई धेरै, कसैलाई थोरै मल दिएको, प्रहरीबाट दमन गर्न लगाएको आरोप लगाउँदै किसानहरुले बीउ लुटेर लगेको औरही गाउँपालिकाका जनमत पार्टीका नेता दीपेन्द्र यादवले बताए । किसानहरू बिहानैदेखि लाइन बसेका थिए, तर कर्मचारीहरुको अत्तोपत्तो थिएन, कार्यालय समय हुँदा पनि कर्मचार

कैलारी गाउँपालिकाका किसानलाई गहुँको बीउ वितरण

कैलालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो । किसानको मागअनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको छ । कैलारीका किसानको मागअनुसार गाउँपालिकाले ६ हजार २५० बोरा (२ हजार ५०० क्वीन्टल) गहुँ खरिद गरेर वितरण गरेको जनाइएको छ ।  बेमौसमी बाढीले धानबालीमा ठूलो क्षति गरेपछि सो गाउँपालिकाका सर्वदलीय राजनीतिक संयन्त्रले खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको...

किसानलाई अनुदानमा गहुँ

कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो ।  गाउँपालिकाले किसानको उत्पादन बढाउनलाई गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको जनाएको छ । गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमिनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालविर ...

साल्ट ट्रेडिङले अर्को सातादेखि गहुँको बीउ बेच्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफैले उत्पादन गरेको गहुँको बीउ अर्को सातादेखि बेच्ने भएको छ । यसअघि कर्पोरेशनले दशैं सकिएलगत्तै गहुँको बीउ बेच्न शुरू गर्ने बताए तापनि चाडवाडका कारण अनुकूल नभएकाले छठ सकिएपछि विक्री शुरू गरिने जानकारी दिइएको छ । देशभित्रै उन्नत जातको बीउ उत्पादन गरी किसानलाई उपलब्ध गराउन कर्पोरेशनले हरेक वर्ष एक हजार मेट्रिकटन गहुँको बीउ उत्पादन गरी विभिन्न सहकारी र एग्रोभेटमार्फत विक्री गर्दै आएको छ । उन्नत जातको बीउको अभावमा किसानले गहुँको उत्पादन राम्रो गर्न नसकेको भन्दै कर्पोरेशनले २०६० सालदेखि नै झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट, चितवन लगायत तराईका जिल्लाका किसानलाई आफैले बीउ उत्पादन गरी विक्री गर्दै आएको छ । यसरी विक्री गरिने बीउ कर्पोरेशनले ती जिल्लाका किसानसँगको सहकार्यमा कन्ट्र्याक्ट फार्मिङ मार्फत उत्पादन गर्ने गरेको छ । कर्पोरेशनका विभागीय प्रबन्धक कृष्णकुमार खड्काका अनुसार तराईका अधिकांश जिल्लामा अहिले धान काट्ने सिजन भएकाले अब अर्को सातादेखि बीउ विक्री गरिने भएको छ । ‘कन्ट्र्याक्ट फार्मिङमार्फत हामीले उत्पादन गरेको बीउ स्थानीयस्तरका विभिन्न सहकारी र एग्रोभेटहरूलाई विक्री वितरण गर्दछौं र त्यहाँबाट किसानले आफूलाई आवश्यक परिमाणमा खरीद गर्न सक्छन्,’ उनले भने । प्रतिकिलो ८० रुपैयाँका दरले किसानले यो बीउ खरीद गर्न सक्नेछन् । किसानले एक बिघा बराबर ८० किलोका दरले बियाड छर्नुपर्ने उनको सुझाव छ । कर्पोरेशनले बारा, पर्सा र चितवनका ५० जनाभन्दा धेरै किसानसँगको सहकार्यमा गहुँको उन्नत जातको बीउ उत्पादन गर्दै आएको छ । तीन जिल्लाका करीब ५०० बिघा क्षेत्रफलमा १५ हजार बिघा जमीनलाई पुग्नेगरी बीउ उत्पादन भइरहेको विभागीय प्रबन्धक खड्काले बताए । शुरुआती दिनमा वार्षिक २०० मेट्रिकटन बीउ उत्पादन गर्दै आएको कम्पनीले पछिल्ला दिनहरूमा यसको मात्रालाई बढाएर १ हजार मेट्रिकटन पु¥याएको हो । कर्पोरशनको सहयोगमा देशभित्रै उत्पादन भएको उन्नत जातको बीउबाट वार्षिक ३० हजार मेट्रिकटन गहुँ उत्पादन हुने गरेको तथ्यांक छ । उक्त बीउमा उच्च किसिमको उमार शक्ति रहेकाले पछिल्लो समय तराईका किसानबाट बढी माग हुने गरेको बताइएको छ ।