रिब्दीकोटमा बीउ स्रोत केन्द्र सञ्चालनमा

पाल्पाको रिब्दीकोट गाउँपालिकाको खस्यौलीमा बीउ स्रोत केन्द्र सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण एकाइ जोन पाल्पा, रिब्दीकोट गाउँपालिका र साना किसान कृषि सहकारी सस्थाको ६० लाख रुपैयाँ लगानीमा बीउ स्रोत केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रमा १ घण्टामा ४ टनसम्म गहुँको बीउ ग्रेडिङ गर्ने क्षमता रहेको छ । मशिन सञ्चालनमा आएपछि यस क्षेत्रमा उत्पादित अन्नबालीको बीउका निम्ति ग्रेडिङ गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए । स्थानीयस्तरमा उत्पादित अन्नबालीको बीउलाई लामो समयसम्म...

सम्बन्धित सामग्री

कृषि उत्पादन र उत्पादत्वमा वृद्धि

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि कृषि उत्पादन र उत्पादकत्व बढेको पाइएको छ । स्वदेशी सोच र स्वदेशी पूँजी एवं ज्ञान खर्चिने यो परियोजना सञ्चालनमा आएपछि बालीनालीमा विविधता आएको र उत्पादन बढी रोजगार पनि सृजना भएको सहभागीले बताएका छन् । सो परियोजनाको प्रदेश कार्यान्वय एकाइ मोरङद्वारा सुनसरीको झुम्कास्थित कृषि व्यावसायिक प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा आयोजित क दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा सहभागीले सो धारणा राखेका हुन् । सुपर जोन, जोन, ब्लक तथा पकेट क्षेत्र निर्धारण गरी सञ्चालित यो परियोजनाबाट साना सिँचाइ, बीउबिजन, प्रशोधन, यान्त्रिकीकरणको विस्तार, समूहको गठन, चक्लाबन्दी खेतीको विस्तार भएको पाइएको छ । कम लागतमा बढी उत्पादन गर्न परियोजनाले कृषकलाई अनुदान दिने, यान्त्रिकीकरणमा सहयोग गर्ने, खेत खनजोत गर्न पावर टेलर, ट्र्याक्टरजस्ता अन्य उपकरणमा सहयोग र प्राविधिक ज्ञान दिने गर्दछ ।      परियोजनाका प्रमुख विनोद मण्डलले यस प्रदेशमा धान सुपर जोन एक, अलैंची जोन पाँच, मकै जोन तीन, आलु जोन, दुई, तरकारी जोन पाँच, सुन्तला जोन पाँच, अदुवा बेसार जोन तीन रहेको प्रष्ट पार्दै चालु आवको दोस्रो त्रैमासिक अवधिमा कुल १२ करोड ८२ लाख ३१ हजार खर्च भएको जानकारी दिए । उनले प्रदेश १ मा कृषिका ५२ वटा ब्लक र पशुका २९ ओटा ब्लक रहेको स्पष्ट पार्दै परियोजना कार्यान्वयनमा देखिएका समस्यामा नीतिगत, प्राविधिक र व्यवस्थापकीय सुधार हुनुपर्ने बताए । तेह्रथुम र धनकुटा परियोजना एकाइका प्रमुख बौआलाल चौधरीले चालू आवको दोस्रो त्रैमासिक अवधिमा आफ्ना कार्यक्षेत्रमा सुन्तला ९ करोड ८७ लाख ५२ हजार र अलैंची १६ करोड २० लाख मूल्य बराबरको उत्पादन भएको जानकारी दिए । परियोजना कार्यान्वयन एकाइ संखुवासभाको प्रमुख लक्ष्यबहादुर चौधरीले यस जिल्लामा अलैंची दुई हजार २५० हेक्टर र सुन्तला ९०० हेक्टर लगाइएको जानकारी दिए । यहाँ समूह २३, सहकारी १० कृषि फर्म १३८ रहेको उनले बताए ।      परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीले परियोजनाबाट सामूहिकरुपमा खेती गर्ने परम्परा बढेको जानकारी दिए । यस्तै बंगुर नश्ल, माछा भुरा, धान बीउ स्रोत केन्द्र सञ्चालन भएको र बीउमा आत्मनिर्भर भएको उनले बताए । कोशी क्षेत्रमा खेर गएको बलौटे जग्गामा कागती खेती विस्तार एवं माछा पोखरी निर्माण हुनु परियोजनाको उपलब्धि भएको उनले बताए । सो अवसरमा परियोजना व्यवस्थापन एकाइ खुमलटारका वरिष्ठ कृषि अधिकृत डा. जित चन्दले परियोजनाले नेपाली जनतालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने र प्रशस्त रोजगारी सृजना गर्ने उद्देश्य रहेकाले यसमा सबैले आ–आफ्ना दायित्व पूरा गर्न आग्रह गरे । रासस

गुल्मीको मुसीकोटमा बीउ स्रोत केन्द्र स्थापना

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो । मकै, कोदो, धान, गहुँ, केराउलगायत खाद्यान्न बालीको बीउको प्रशोधन र ग्रेडिङ गरी बजारीकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको सहकारीका अध्यक्ष हरि छन्त्यालले जानकारी दिए । केन्द्रमा मुसीकोट नगरपालिका २, ३ र ४ मा उत्पादन भएका खाद्य बालीको प्रशोधन गरी बीउ तयार गरिनेछ । साथै बलिथुम, मजुवा फाँटलगायत स्थानमा उत्पादन भएको खाद्य बालीको बीउ पनि सहकारीले खरिद गरी बजारीकरण गरिने छन्त्यालले बताए । बीउ उत्पादनका लागि मुसीकोट नगरपालिका ३ मा रू. ६९ लाखको लागतमा भण्डारण तथा प्रशोधन केन्द्रको स्थापना गरिएको छ । यसै वर्ष उत्पादन हुने मकै भदौदेखि भण्डारण गरी बीउ उत्पादन गर्न शुरू गरिने छन्त्यालले बताए । मुसीकोटमा बीउ स्रोत केन्द्रको स्थापना भएसँगै गुल्मीमा बीउ प्रशोधन तथा उत्पादन गर्ने केन्द्रको संख्या ६ पुगेको छ । यसभन्दा पहिले मालिका गाउँपालिका– ६ अर्जै र वडा नम्बर ८ सिमलटारीमा २०÷२० मेट्रिकटनका दुईओटा प्रशोधन केन्द्र स्थापना भएका छन् । जिल्लाको मदाने गाउँपालिकाको पुर्कोट दहमा ३० मेट्रिकटन, इस्मा गाउँपालिका–६ चौरासी र रेसुंगा नगरपालिका–१० मा २०/२० मेट्रिकटनको प्रशोधन केन्द्र रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेले जानकारी दिए । रासस

गुल्मीको मुसिकोटमा बीउ स्रोत केन्द्र स्थापना

साउन १८, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो । मकै, कोदो, धान, गहुँ, केराउलगायतका खाद्यान्न बालीको बीउको प्रशोधन र ग्रेडिङ गरी बजारीकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको सहकारीका अध्यक्ष हरी छन्त्यालले जानकारी दिए । केन्द्रमा मुसिकोट नगरपालिका– २, ३ र ४ मा उत्पादन भएका खाद्य बालीको प्रशोधन गरी बीउ तयार गरिनेछ । त्यसका साथै बलिथुम, मजुवा फाँटलगायत स्थानमा उत्पादन भएको खाद्य बालीको बीउ पनि सहकारीले खरिद गरी बजारीकरण गर्ने छन्त्यालले बताए ।  बीउ उत्पादनका लागि मुसिकोट नगरपालिका–३ मा रू. ६९ लाखको लागतमा भण्डारण तथा प्रशोधन केन्द्रको स्थापना गरिएको छ । यसै वर्ष उत्पादन हुने मकै भदौ महीनादेखि भण्डारण गरी बीउ उत्पादन गर्न शुरु गरिने छन्त्यालले बताए ।  मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना भएसँगै गुल्मीमा बीउ प्रशोधन तथा उत्पादन गर्ने केन्द्रको संख्या छ पुगेको छ । यसभन्दा पहिले मालिका गाउँपालिका– ६ अर्जै र वडा नम्बर ८ सिमलटारीमा २०/२० मेट्रिकटनका दुई ओटा प्रशोधन केन्द्र स्थापना भएका छन् ।  मदाने गाउँपालिकाको पुर्कोट दहमा ३० मेट्रिकटन, इस्मा गाउँपालिका–६ चौरासी र रेसुंगा नगरपालिका–१० मा २०/२० मेट्रिकटनको प्रशोधन केन्द्र रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेले जानकारी दिए ।  मालिका, मदाने, इस्मा र रेसुंगामा आर्थिक वर्ष २०७३/७४ देखि ७६/७७ को अवधिमा स्रोत केन्द्रको निर्माण सम्पन्न भएको हो भने मुसिकोटको स्रोत केन्द्र आव ०७७/७८ मा निर्माण सम्पन्न भएको काफ्लेले जानकारी दिए ।  जिल्लाका सबै बीउ प्रशोधन केन्द्रबाट एकपटकमा १५० मेट्रिकटन बीउ उत्पादन गर्न सकिने कार्यालय प्रमुख काफ्लेको दाबी छ । गुल्मीमा मनकामना तीन, अरुण दुई, रामपुर कम्पोजिटलगायत मकैको बीउ उत्पादन हुँदै आएको छ । रासस