डडेल्धुरा : डडेल्धुराका ७ स्थानीय तहविरुद्ध अख्तियारमा ३५ उजुरी परेका छन्। जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा ३५ उजुरी परेका हुन्।चालू आव ०७८/७९ को जेठ मसान्तसम्म डडेल्धुराका स्थानीय तहविरुद्ध अख्तियार कार्यालयमा ३५ उजुरी दर्ता भएको आयोग कञ्चनपुरका सूचना अधिकारी एवं शाखा अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए।सूचना अधिकारी बस्नेतले शुक्रबार डडेल्धुरामा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियार