अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेको अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ देखि चालु आवको कात्तिक महिनासम्म स्थानीय तहका एक सय ६३ उजुरी दर्ता भएका छन् । चालू आवको चार महिनामा मात्रै ६७ उ