पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई वार्षिक प्रतिवेदन बुझाएको छ । सोमबार अख्तियारको पोखरा कार्यालय प्रमुख कोषहरि निरौलाले प्रदेश प्रमुख गुरुङलाई वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै उजुरी स्थानीय तहका भ्रष्टाचार विरुद्ध परेका छन् । प्रमुख निरौलाले बुझाएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा गण्डकीमा ९३२ वटा उजुरी परका छन् । ती मध्ये स्थानीय तह विरुद्ध ४९१ वटा भ्रष्टाचार विरुद्धका उजुरी रहेका