काठमाडौं उपत्यकामा मंगलबार दिनभरी सवारी जाम भएको छ । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण मंगलबार काठमाडौं उपत्यकामा सवारी जाम भएको हो ।बिहान पौने ९ बजेदेखि सवारी आवागमन प्रभावित भएको थियो । मंगलबार सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको थियो ।