ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहर भएकी छिन् । कास्की जिल्ला अदालतले आइतबार अभियुक्त जानुका नेपालीलाई दोषी ठहर गर्दै २५ दिन कैद सजाय सुनाएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार मात्रै होस्टलकी कर्मचारी जानुका नेपालीमाथि ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो । सो मुद्दाको आइतबार थुनछेक बहसको पेसी थियो । तर अदालतले आइतबार नै उक्त मुद्दामा नेपालीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।