काठमाण्डाै – सरकारले यस वर्ष देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक (किताब) प्राप्त गरेका जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज आइतवार पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीले समयमै किताब प्राप्त गरेको जानकारी दिएको हो ।
वैशाख दास्रो हप्ताभित्रै देशभरका सबै विद्यार्थीको हातमा किताब पुगेको मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता दीपक शर्माले बताउनुभयो । यस वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६ देखि १० सम्मको एक करोड ५५ लाख थान र निज...