टोपबहादुर रायमाझी भन्छन्, “अब को पूर्वमाओवादी ? हामी सबै एमाले !”

काठमाडौं, १६ मंसिर । नेकपा एमालेका नवनिर्वाचित सचिव टोपबहादुर रायमाझीले पार्टीभित्र अब को पूर्वमाओवादी, को एमाले भनेर कित्ताकाँट गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “अब हामी माओवादी रहेनौं । त्यो इतिहासको कुरा हो । एमाले र माओवादी मिलाएर नेकपा […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : पूर्वमाओवादी नेता उठेकै पदमा चुनाव हुनुले निम्तिएको आशंका

काठमाडौं : नेकपा (एमाले) को १० औँ महाधिवेशनमा पूर्वमाओवादी धारका नेताहरुलाई चुनौती बनेको छ। अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रमा प्रस्तुत गरेको सर्वसम्मत प्रस्तावमा सहमति जुट्न नसकेका पदमा निर्वाचन हुने भएपछि पूर्वमाओवादी धारका नेताहरुलाई चुनौती बनेको हो। पूर्वमाओवादी खेमाले पाएका एक उपाध्यक्ष र दुई सचिवमा निर्वाचन हुने भएपछि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई प्रतिस्पर्धाबाट आउनुपर्ने भएकाे छ।एमालेको विधान अनुसार ६ जना उपाध्यक्षको व्यवस्था छ। स

एमालेमा पूर्वमाओवादीलाई तीन पदाधिकारीसहित २५ केन्द्रीय सदस्य (सूचीसहित)

चितवन : नेकपा (एमाले)को १०औं महाधिवेशनमा पूर्वमाओवादी केन्द्र धारकाले तीन पदाधिकारीसहित २५ केन्द्रीय सदस्य पाएका छन्। सर्वोच्च अदालतको आदेशपछि नेकपा पूर्ववतः पार्टी नेकपा एमाले र नेकपा माओवादी हुँदा एमालेमा बसेकामध्ये रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सचिवमा मनोनीत गरिएको छ। यस्तै‚ २२ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ। यी हुन् पूर्वमाओवादी नेताहरुरामबहादुर थापा (बादल) उपाध्यक्षटोपबहादुर रायमाझी, सचिवलेखराज

एमाले बैठकमा पूर्वमाओवादी पनि, ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने

काठमाडौं, ८ भदौ । नेकपा एमाले स्थायी कमिटी बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य नियुक्त गरेका पूर्वमाओवादी नेताहरु पुगेसँगै १० बुँदे सहमति कार्यान्वयन नहुने निश्चित भएको छ । बैठकमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा पनि पुगेका छन् । उनीहरु […]

चार पूर्वमाओवादी नेताको रिट ईश्वरप्रसाद खतिवडाको इजलासमा, आज सुनुवाई हुँदै

काठमाडौं। आफूहरुको सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले पार्टीबाट गरेको कारबाहीविरुद्ध चार एमाले नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाई तोकिएको छ। पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहले दायर रिटमा आफूहरु माओवादीमै रहेकाले एमाले प्रवेश गरेको भनी गरेको कारवाही खारेज गर्न माग गरिएकोछ।

पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथिको सुनुवाई स्थगित

१५ साउन, काठमाडौं । पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाई स्थगित भएको छ । पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै सांसद पदबाट निकालिएको जिकिर गर्दै आफुहरुको सांसद पद कायम गरि पाउँ भनी […]

एमाले प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिट दीपकुमार कार्कीको इजलासमा

नेकपा एमाले प्रदेश गरेका पूर्वमाओवादीका चार सांसदको रिटमा आज सुनुवाई हुँदैछ।  टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार पुनर्बाहली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेक थिए। उनीहरुको...

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग विप्लवको भेटवार्ता

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुसँग भेटवार्ता गरेका छन्।  विप्लव र पूर्वमाओवादी नेताहरुबीच लेखराज भट्टको निवासमा छलफल भएको थियो।  भेटमा भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र...

नेपाल पक्षलाई सुइँको नदिई पूर्वमाओवादीका २३ नेता एमाले केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । पूर्वमाओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टसहित २३ जना नेकपा (एमाले) को कन्द्रीय सदस्यमा मनोनित भएका छन् । शुक्रबार नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको भेलाले पूर्वमाओवादी केन्द्रमा रहेर ओलीतर्फ खुलेका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको नेकपा एमालेका स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिनुभएको छ । सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरु माओवादी केन्द्रमा नफर्की ओली पक्षमै रहने निर्णय गरेका थिए। तर, सो बैठकमा नेपाल पक्षका कुनै पनि केन्द्रीय सदस्यलाई खबर गरिएको थिएन। केन्द्रीय सदस्य मनोनीत गरेको बारे माधव नेपाल पक्षले कुनै जानकारी नभएको बताएको छ। बैठकले नेताहरुको जिम्मेवारी परिवर्तन गर्नुका साथै आगामी मंसिरमा महाधिवेसन गर्ने निर्णयसमेत गरेको छ। यस्तै, अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेको छ । पुनर्थापनापछि नेकपा (एमाले) केन्द्रीय कमिटिको पहिलो बैठक चैत ७ गते बस्दैछ । यसअघि चैत १ गतेका लागि तय गरिएको बैठक ७ गते बस्नेगरी सारिएको हो । केन्द्रीय कमिटिको बैठक बस्नुअघि केन्द्रीय समिति, स्थायी समितिमा बहुमत पु¥याउने गरी ओलीले एकलौटी मनोनीत गरेको बताइन्छ । बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ। एमालेले केही दिनअघि नै केन्द्रीय कार्यालयबाट नेकपाको बोर्ड हटाएर आफ्नो साइनबोर्ड राखिसकेको छ। सर्वोच्च अदालतले पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज गरेपछि यसमा मिसिएका पहिलेकै दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएका हुन्।