काठमाडौं : नेकपा (एमाले) को १० औँ महाधिवेशनमा पूर्वमाओवादी धारका नेताहरुलाई चुनौती बनेको छ। अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रमा प्रस्तुत गरेको सर्वसम्मत प्रस्तावमा सहमति जुट्न नसकेका पदमा निर्वाचन हुने भएपछि पूर्वमाओवादी धारका नेताहरुलाई चुनौती बनेको हो। पूर्वमाओवादी खेमाले पाएका एक उपाध्यक्ष र दुई सचिवमा निर्वाचन हुने भएपछि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई प्रतिस्पर्धाबाट आउनुपर्ने भएकाे छ।एमालेको विधान अनुसार ६ जना उपाध्यक्षको व्यवस्था छ। स