विभिन्न स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त भएसँगै स्थानीय तहको कामकाज प्रभावित हुन थालेको छ । जनप्रतिनिधि रिक्त भएका कारण ती स्थानीय तहको कामकारवाहीमा गम्भीर असर पर्न थालेको गुनासो आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सीमा पेश गर्ने बेला जनप्रतिनिधि पदमुक्त भएपछि स्थानीय तहका काम ठप्प भएका छन् । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन आयोगले दल त्याग गरेको भन्दै ती जनप्रतिनिधिहरूलाई पदमुक्त गरेको थियो ।ने...