हेटौंडा : बागमती प्रदेशको उपत्यका बाहेकको स्थानीय तहमा एमालेबाट निर्वाचित २ सय ४० जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।काठमाडौं उपत्यकाका ३ वटा जिल्लाबाहेक १० जिल्लाको स्थानीय तहको २ सय ४० जनप्रतिनिधिले एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन्। स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका माधवकुमार नेपाल पक्षका जनप्रतिनिधि विभाजनपछि पनि नेता नेपालकै पक्षमा उभिएका छन्।बागमती प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुरबाहेक १० जिल्लाका २ सय ४० जनप्रतिनिधिले एमाले
नेकपा (एमाले)बाट निर्वाचित भएका दोलखाका सात जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । पार्टी विभाजन भएसँगै पार्टी रोज्न पाउने व्यवस्थाअनुसार दोलखाका एमालेबाट निर्वाचित ४३९ जनप्रतिनिधिमध्ये सात जनाले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा सनाखत गरेका हुन् ।
एमाले परित्याग गरी एकीकृत समाजवादीमा लाग्नेमा मेलुङ गाउँपालिकाका उपप्रमुख कल्पना भण्डारी, २ का वडाध्यक्ष जीतबहादुर भण्डारी, वडा सदस्य कमल थापा र अर्का एक सदस्य छन् भने शैलुङ गाउँपालिका कार्यापालिक...
चितवन : चितवनमा नेकपा (एमाले)बाट निर्वाचित ११ प्रतिशत जनप्रतिनिधिले मात्रै नेकपा (एकिकृत समाजवादी) रोजेका छन्। एमालेबाट स्थानीय तहमा निर्वाचित ३१७ जनप्रतिनिधिमध्ये ३६ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।नेकपा एमालेबाट निर्वाचितस्थानीय तहका जनप्रतिनिधिले एमालेमै बस्ने कि एकीकृत समाजवादी रोज्ने भनेर सनाखत गर्ने मंगलबार अन्तिम दिन थियो। चितवनका सात स्थानीय तहमा एमालेबाट ३१७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। जसमध्ये ३६ जनाले माधवकुमार नेपालले नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गरेका हुन्। सनाख
गण्डकीमा नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यूनपोखरा । गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यून देखिएका छन् ।नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा सामेल हुन चाहने एमालेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गते अपराह्न ५ बजेसम्मको समय तोकेको थियो । सो अवधिभित्र गण्डकी प्रदेशका स्थानीय तहका एमाले जनप्रतिनिधिमध्ये न्यूनले मात्र नयाँ पार्टीका पक्षमा सनाखत गराएका हुन् ।त्यसो त,
पोखरा : गण्डकी प्रदेशमा ४२ जना जनप्रतिनिधिले नेकपा (एमाले) छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। एमाले विभाजन भई एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले दल रोज्नका लागि आज साँझसम्मको समयावधी दिएको थियो।
समयावधी सकिएसँगै प्रदेशका ११ जिल्लामध्ये ८ जिल्लाका ४२ जनप्रतिनिधि एकीकृत समाजवादीमा खुलेका छन्। एमालेको साथ छोडेर समाजवादीमा जाने…
मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतसहित पाँचजना जनप्रतिनिधि एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा लागेका छन् । एमाले विभाजित भएसँगै पाँच जनप्रतिनिधिले विधिवत रूपमा एकीकृत समाजवादी रोजेका हुन् ।
एकीकृत समाजवादीमा जानेहरूमा मन्थली...
गुल्मीमा जनप्रतिनिधिका हिसाबले नेकपा एमाले विभाजनको असर शून्य देखिएको छ ।एमाले विभाजनपछि दल रोज्न पाउने आज अन्तिम दिन भदौ २२ गते कार्यालय समय अवधिभित्र एक जना पनि जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी दल रोज्न नआएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले रातोपाटीलाई जानकारी दिइन् ।कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १० गाउँपालिका सहित १२ वटा पालिकामध्ये ७ वटा पालिका प्रमुखमा एमालेका जनप्रतिनिधि छन् । यस्तै, १० पालिकामा एमालेका उपप्रमुख छन् ।यस अतिरिक्त वडाध्यक्ष र वडा सदस्यसह
निर्वाचन आयोगको कार्यालय पुगेर सोमबारसम्म कैलालीका ३२ र कञ्चनपुरका ३२ जनाले सनाखत गरेका हुन् । उनीहरूले नेकपा एमाले छाड्दै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन्।
बैतडी। बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् । उनीहरुले आजै सोमबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका २० जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको जानकारी दिए । नेकपा (एकीकृत समाजवादी) ले बैतडी सदरमुकाममा पार्टी कार्यालय […]
अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहितका जनप्रतिनिधिले शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गराएका छन् । एमालेबाट निर्वाचित उपाध्यक्ष गौतमसहित अर्घाखाँचीका ४ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले रातोपाटीलाई बताए ।नेकपा एकीकृत समाजवादीका अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष रामबहादुर चौहानका अनुसार पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम, सोही गाउँपालिका–३ का वडा सदस्य ओमप्रकाश भुसाल,