निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले स्थानीय तहको निर्वाचनको मिति सरकारलाई सिफारिस गरिसकेको भन्दै तत्काल मिति तोक्न आग्रह गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलवार विज्ञप्ति जारी गर्दै ५ जेठबाट स्थानीय तह जनप्रतिनिधि विहीन हुने भनेका छन् । राजधानी दैनिकमा खबर छ ।