जी ७ नेताले महामारी नियन्त्रणको योजना सार्वजनिक गर्ने

महामारीले सिर्जना गर्ने प्रकोप दोहोरिनबाट रोक्ने प्रयासमा आफ्नो सबै स्रोत–साधन लगाउने प्रतिवद्धता जी ७ नेताहरुले व्यक्त गरेका छन् । बेलायतको कोर्नवालमा जारी जी ७ सम्मेलनको दोस्रो दिन उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । यससँग सम्बन्धित रहेर सम्मेलनले विभिन्न घोषणाहरु गर्दैछ । जसअन्तर्गत खोप विकासका लागि लाग्ने समय कटौती गरेर १ सय दिनमा झाने लक्ष्य राखिएको छ । शुक्रबार बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले वैश्विक असमानतासँग लड्न अपिल गर्दै सम्मेलनको उद्घाटन गरेका थिए । &