काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरको एक सय ठाउँमा हाइमास बत्ति जडान गर्न ३० करोड बजेट विनियोजन गरेको छ। आइतबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आगामी आव ०८०/८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै ‘उज्यालो शहर, मेरो महानगर’ योजनाअन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने बताएकी हुन्। उनले भनिन्, ‘महानगरका १०० वटा मुख्य चोक तथा क्षेत्रहरूमा हाइमास बत्ती सहितको व्यवस्था गर्ने कार्यक्रमको लागि ३० करोड रुपैयाँ रकम विनियो