पर्यटक पर्खँदै बाराका होमस्टे सञ्चालक

बारा : जिल्लाको उत्तरतर्फ चुरेको फेदीमै रहेको अम्लेखगञ्जको चकरी गाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले सामुदायिक होमस्टे शुरू गर्‍यो।फापरको ढिँडो र लोकल कुखुराको मासुसँगै स्थानीय स्वादिलो परिकारसहित वन्यजन्तु अवलोकन गर्न पाइने पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रस्थित चकरी गाउँ अहिले पर्यटकको पखाईमा छ। होमस्टे शुरू भएको वर्ष दिनसम्म पनि आन्तरिक तथा वाह्य पर्यटक नआएपछि स्थानीयहरू उनीहरूलाई नै पर्खिरहेका छन्। पर्यटन प्रवर्द्धन गर्ने उद्

सम्बन्धित सामग्री

घरबास सञ्चालक पर्यटक सत्कारमा व्यस्त

लमजुङ । पर्यटक बढ्न थालेपछि लमजुङमा रहेका होमस्टे (घरबास) सञ्चालक अतिथि सत्कारमा व्यस्त हुन थालेका छन् । सुस्ताएको पर्यटन व्यवसायले यस क्षेत्रमा विस्तारै लय लिन थालेको छ । बेँसीशहर नगरपालिका–३ काउलेपानी घरबास (होमस्टे)मा यतिबेला पर्यटकको चहलपहल हुन थालेसँगै यहाँ सुस्ताएको पर्यटन व्यवसायले गति लिन थालेको हो । चिसो मौसम शुरू भएसँगै पर्यटक आगमन सुस्ताएको थियो । यतिबेला दैनिक १५/२० जना र एक/दुई दिन बिराएर ८०/९० जनाको समूहमा पर्यटक आउन थालेको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष कविन्द्र गुरुङले बताए ।      उनले भने, ‘अब दैनिक दुई/तीन सय पर्यटक आउनेछन् । केही दिन अघिसमेत सिंगापुरबाट १४ विदेशी पर्यटक आएका थिए, ’ काउलेपानी होमस्टे सञ्चालक लक्ष्मी श्रेष्ठ भन्छिन्, ‘गाउँमा पर्यटक आउन थालेसँगै घरबास सञ्चालक पर्यटक सत्कारमा व्यस्त हुन थालेका छौं ।’ विगतमा दैनिक ३०० जनाको हाराहारीमा पर्यटक आउँथे ।      यहाँ विभिन्न जातिका घरबास छन् । नेवार समुदायका होमस्टेमा परम्परागत नेवारी खाजाका परिकार बनाएर पर्यटकलाई दिइन्छ । ती होमस्टेमा बिहानको खाजा सेटमा नेवारी परिकार सिन्कामारी, भट्टमारी, झिलिंगा, सेलरोटी चिउरा लगायत परम्परागत खाजा बनाएर खुवाउने गर्दछन् । लोपोन्मुख लाखे नाँच, गाईजात्रा, घोडेजात्रा, बाघ जात्रा, कृष्ण जात्रालगायत संस्कृतिका नाँच देखाउने गरेको र पर्यटकले धेरै मन पराउने गरेको उनको भनाइ छ । यहाँ लालीगुराँस समेत फुल्न शुरू गरेको छ, जुन पर्यटकको मुख्य आकर्षण हो । समितिका अनुसार यहाँका प्रतिघरबासले मासिक कम्तीमा रू. ५० हजार आम्दानी गर्छन् । काउलेपानीको (घरबास) होमस्टेलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरेको थियो । त्यसपछि काउलेपानीमा बाह्य तथा आन्तरिक पर्यटकको आगमन बढेको हो । सन् २०१६ मै काउलेपानी हामेस्टे स्वच्छ र अर्गानिक भएको भन्दै रू. १० हजार रकमसहित पुरस्कृत भयो । गुरुङ, नेवार भुजेल जातिले काउलेपानीमा अहिले १५ घरमा होमस्टे सञ्चालन गरेका छन् । ती होमस्टेमा ८८ बढी पाहुना सुत्ने बेड रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । यहाँबाट बुद्ध, माछापुच्छे, अन्नपूर्ण दोस्रोदेखि चौंथोसम्म, हिमालचुली, मनास्लु, मनास्लु दक्षिणलगायत हिमालसँगै सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ । गाउँमा रहेको काउलेपानी देवीको मन्दिरमा पुगेर दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । प्राकृतिक सुन्दरता, भौतिक संरचनाको बनोट र धार्मिक आस्थाका दृष्टिले पनि काउलेपानी मन्दिर पुग्न करै लाग्छ । काउलेपानी पुगेका पाहुनाले सो मन्दिरको अवलोकन तथा दर्शन गरेरै फर्किने गरेको होमस्टे सञ्चालक तिलमाया गुरुङले बताइन् । रासस

...अनि बागलुङको भकुण्डेमा पर्यटक बढे

गलकोट -घरबास पर्यटकीय गाउँका रुपमा परिचित बागलुङको भकुण्डे गाउँमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । घरबास बर्खायाममा समेत खाली नभएको घरबास (होमस्टे) सञ्चालक बताउँछन् ।           बागलुङ बजारदेखि सडकमार्ग हुँदै डेढ घण्टामा पुग्न सकिने भकुण्डे गाउँमा घरबाससँगै पर्यटकीय ताल, दृश्...

कोरोनाले पाहुनाविहीन बने तनहुँका होमस्टे

तनहुँ । सधैं पाहुनाको भीड लाग्ने व्यास नगरपालिका–१३ को आँपस्वाँरा दलित सामुदायिक होमस्टे अहिले पाहुनाविहीन भएको छ । कोरोनाले दुई वर्षदेखि पर्यटन व्यवसाय पुरानो लयमा अझै फर्कन नसकेपछि होमस्टे सञ्चालक मर्कामा परेका छन् । पाहुना नआउँदा होमस्टे सञ्चालक कामविहीन भएका छन् । कोरोना संक्रमण कम हुँदै गएपछि हाल जनजीवन सामान्य लयमा फर्किए पनि पाहुना भने नआएको होमस्टे सञ्चालकको भनाइ छ । पाहुना नआउँदा व्यवसाय ठप्प भएको होमस्टेका सञ्चालकको गुनासो छ । कोरोना संक्रमण उच्च बिन्दुमा पुगेपछि पाहुनाविहीन हुँदा होमस्टे सञ्चालक खेती किसानी गरेर जीविकोपार्जन गरेको बताउँछन् । बास बस्न आएका पाहुनालाई दिइएको सेवाबाट प्राप्त आम्दानीले जीविकोपार्जनमा केही सरलता आइरहेको अवस्थामा कोभिड–१९ सुरु भएसँगै घरबास प्रभावित भएको सञ्चालकहरू बताउँछन् । विपन्न दलित समुदायको आर्थिक अवस्था उकास्न सुरु भएको होमस्टेमा विदेशी पाहुनाको आगमन निकै आशलाग्दो थियो । ०७६ चैतबाट देशव्यापी निषेधाज्ञा सुरु भएपछि पाहुनाविहीन भएको होमस्टे अझै तंग्रिन नसकेको होमस्टे सञ्चालक रेशम विकले बताए । कोरोनाले थलिएको पर्यटन दशैंपछि जुर्मुराउन थालेकामा पुनः ओमिक्रोनले प्रभावित बनेको भानु नगरपालिका–१३ टुटेपानीस्थित टुटेपानी होमस्टे व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गुरुङले जानकारी दिए । ‘दुई वर्षदेखि सुस्ताएको होमस्टेमा पाहुना भरिएर तंग्रिन्छ कि जस्तो लागेको थियो तर ओमिक्रोन फैलिएपछि पाहुना आउनै पाएनन्,’ अध्यक्ष गुरुङले भने । ग्रामीण पर्यटनको माध्यमबाट आर्थिक अवस्था उकास्न रोजेका गाउँलेलाई दुई वर्षसम्म कोरोनाले थला पारेको गुरुङले बताए । पर्यटक बढेर लय समात्न नपाउँदै फेरि पाहुना आउन छाडेपछि होमस्टे सञ्चालक मर्कामा परेका हुन् । गुरुङ समुदाय बहुल बस्ती टुटेपानीमा ०७२ सालदेखि होमस्टे सञ्चालनमा ल्याइएको हो । ०७५ सालपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको थियो । बसाइँसराइले सुनसान गाउँ पाहुनाले गुल्जार हुँदै गएपछि गाउँलेहरू उत्साहित बनेका थिए । गाउँमा पर्यटक बढ्न थालेपछि बजार झरेकाहरू गाउँ फर्किएर होमस्टे सञ्चालन गर्दै पाहुनाको स्वागत सत्कारमा व्यस्त भएका थिए । दुई वर्षसम्म कोरोनाले पाहुनाविहिन हुनुपर्दा गाउँ फर्किएर होमस्टेमा लागेकालाई झन् मार परेको गुरुङको भनाइ छ । पूर्वाधार विकासले बामे सर्दै गरेको होमस्टे पाहुनाविहीन हुँदा गति लिन नसकेकाले सञ्चालक मर्कामा परेको उनको बुझाइ छ । यस्तै पीडा चार वर्षअघि सञ्चालन गरेर छोटो समयमा धेरै पाहुना भित्र्याउन सफल भीमाद नगरपालिका–९ भानुमतीको पाथर्दी सामुदायिक होमस्टेका सञ्चालकको छ । यो होमस्टेमा पनि पाहुना घटेका छन् । कोरोनाले थलिएको होमस्टे तंग्रिन नसकेको उनीहरू सुनाउँछन् । व्यावसायिक बोयर बाख्रापालनको अध्ययन अवलोकन गर्न र होमस्टे बस्नलाई हुलका हुल बाँधेर आउने पाहुना घटेर एकाधको संख्यामा झरेको व्यवस्थापन समिति अध्यक्ष शिवकुमार आलेले बताए ।  ‘यहाँका उकाली–ओराली, भन्ज्याङ चौतारी, वन वनस्पति, झरना जताततै पाहुना हुन्थे । अहिले सुनसान बनेको छ,’ अध्यक्ष आलेले भने । हाल ओमिक्रोनको असर घट्दै गएपछि होमस्टे खुला गरिए पनि पाहुना नआएको सञ्चालकको भनाइ छ । गण्डकी प्रदेश सरकारले होमस्टेलाई दिने अनुदान जिल्लाका झन्डै ५० होमस्टेले लिएर पूर्वाधार विकास र प्रवर्द्धन गरेका थिए । अनुदान लिएर सुरु गरेका होमस्टे कोरोनापछि ठप्प छन् । चल्तीका होमस्टे टुटेपानी, रानागाउँ, आँपस्वाँरा, हर्षपुर, पाथर्दी पनि पुरानै अवस्थामा फर्किन सकेका छैनन् । रासस

दुगुनागढीलाई ‘होमस्टे हब’ बनाउन जुटे युवा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको ऐतिहासिक स्थल दुगुनागढी र सो क्षेत्र आसपासलाई ‘होमस्टे हब’को रूपमा विकास गर्न स्थानीय युवा अग्रसर भएका छन् । उनीहरूले सो क्षेत्रमा पर्यटक भित्र्याउन विशेष अभियान नै शुरू गरेका छन् । दुगुनागढी क्षेत्रमा भूकम्पपछि द्वारिका फाउण्डेशनले निर्माण गरेको एकीकृत बस्तीमा होमस्टे सञ्चालन गरिएको छ । शेर्पा समुदायको बाहुल्य रहेको एकीकृत बस्तीमा निर्माण गरिएको होमस्टेमा अंग्रेजी नयाँ वर्षको शुरुवातसँगै युवाहरूले शेर्पा समुदायको सांस्कृतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सञ्चालन गरेर आन्तरिक पर्यटकलाई भित्त्याउने अभियान थालेका हुन् । फाउण्डेशनले निर्माण गरेको यर्मासिं एकीकृत बस्ती गत दशैंमा स्थानीयलाई हस्तान्तरण गरिएको थियो । एकै प्रकृतिका ५१ ओटा घर रहेको एकीकृत बस्तीलाई नै स्थानीयले होमस्टेको रूपमा विकास गरेका हुन् । ‘यर्मासिं होमस्टे’ नाम दिइएको सो होमस्टे एकैपटक ५० देखि ६० जनासम्मलाई आवास र खानपान गर्न मिल्नेगरी तयार भइसकेको स्थानीय अगुवा निमा सोनाम शेर्पाले बताए । ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा विकास गराउन अभियान थालिएको स्थानीय आङछिरी शेर्पाले बताए । ‘ओझेलमा परेको ऐतिहासिक किल्ला दुगुनागढी तथा एकीकृत बस्तीमा बनेको होमस्टेलाई देशव्यापी प्रचार गरेर पर्यटक भित्त्याउने अभियानमा लागेका हौं,’ शेर्पाले भने । भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त गढीको संरक्षण गर्न पुरातात्त्विक विभाग तथा नेपाली सेनाको पहल भए पनि तीनओटै तहका सरकारले खासै चासो नदिएको उनको भनाइ छ । ‘गढीको संरक्षण तथा विकास गर्न सरकारललाई अभियान मार्फत घचघचाउन हामी लागिपरिरहेका छौं,’ उनले भने । ऐतिहासिक गढीसँगै जोडिएको एकीकृत बस्ती यर्मासिं होमस्टेलाई देशकै नमूना होमस्टेको रूपमा विकास गर्न लागिएको भोटेकोशी चेम्बर अफ कमर्शका अध्यक्ष फुनु शेर्पाले बताए । भूकम्पका कारण पुरानो मौलिक सांस्कृतिक संरचना नष्ट भए पनि पुनर्जीवित गर्न लागिएको उनको भनाइ छ । दुगुनागढीमा आउने बाह्य पर्यटकलाई राख्ने उद्देश्यले ३०औं वर्षअघिको होमस्टे अवधारणा जिल्लाकै पुरानो भएको उनले बताए । होमस्टे सञ्चालनमा आएसँगै पर्यटकको आगमन बढ्न थालेको होमस्टे व्यवसायी बताउँछन् । पर्यटकलाई शेर्पा समुदायले दिने सेवा, सत्कार स्मरणयोग्य रहेको सो क्षेत्रको भ्रमण गरेर फर्किका ताप्लेजुङका कृष्ण भुजेलले बताए । पर्यटक होमस्टेमा पुग्नासाथ शेर्पा समुदायले आफ्नो संस्कृति अनुसार सत्कार गर्छन् । पाहुनाले चाहेको अनुसारको परिकार बनाइन्छ । त्यस्तै बेलुका साँझ शेर्पा समुदायले पाहुनाका लागि शेर्पा नाच लगायत सांस्कृतिक मनोरञ्जन प्रदान गर्दछन् । पर्यटकलाई बास, खाना तथा आरामका लागि निर्माण गरिएको होमस्टे लार्चा सुक्खा बन्दरगाहबाट ५ किलोमिटर माथि पर्दछ । तर कच्ची सडक, त्यसमाथि खाल्डाखुल्डी धेरै भएपछि पर्यटकलाई होमस्टेमा ल्याउन कठिनाइ झेल्नुपरेको होमस्टे सञ्चालक पासाङ शेर्पाले बताए । सडकको स्तरोन्नतिमा गाउँपालिकाले चासो नदिएको उनको गुनासो छ । भोटेकोशी गाउँपालिकाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भैरवकुण्ड पुग्न पर्यटकले यार्मासिं होमस्टे, दुगुनागढीको बाटो प्रयोग गर्दछन् । भोटेकोशी गाउँपालिकामा दुगुनागढी, भैरवकुण्ड, लिस्तीमाई, नारानथान, बन्जीजम्प लगायत दर्जनौं पर्यटकीय गन्तव्य रहेको गाउँपालिकाले बताएको छ । पालिकामा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण पालिका लागिपरेको अध्यक्ष राजकुमार पौडेलले बताए ।

ऐतिहासिक क्षेत्र दुगुना गढीलाई ‘होमस्टे हब’ बनाउन जुटे युवा

पुस १९, सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकाको ऐतिहासिक स्थल दुगुना गढी र सो क्षेत्र आसपासलाई ‘होमस्टे हब’ को रुपमा विकास गर्न स्थानीय युवाहरुले चासो देखाएका छन् । उनीहरुले सो क्षेत्रमा पर्यटक भित्र्याउन विशेष चासोका साथ अभियान नै थालनी गरेका छन् । दुगुना गढी क्षेत्रमा भूकम्पपछि द्वारिका फाउण्डेशनले निर्माण गरेको एकीकृत बस्तीमा होमस्टे सञ्चालन गरिएको छ ।  शेर्पा समुदायको बाहुल्यता रहेको एकीकृत बस्तीमा निर्माण गरिएको होमस्टेमा अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै युवाहरुले शेर्पा समुदायको सांस्कृतिक प्रस्तुतीसहित विशेष कार्यक्रम सञ्चालन गरेर आन्तरिक पर्यटकलाई भित्र्याउने अभियान शुरु गरेका हुन् ।  फाउण्डेशनले निर्माण गरेको यर्मासिं एकीकृत बस्ती गत दशैंमा स्थानीयलाई हस्तान्तरण गरिएको थियो । एकै प्रकृतिका ५१ ओटा घर रहेको एकीकृत बस्तीलाई नै स्थानीयले होमस्टेको रुपमा विकास गरेका हुन् ।  ‘यर्मासिं होमस्टे’ नाम दिई सञ्चालनमा ल्याईएको सो होमस्टेमा एकै पटक ५० देखि ६० जनासम्मलाई आवास र खानपान गर्न मिल्ने गरी तयार भईसकेको स्थानीय अगुवा निमा सोनाम शेर्पा बताउँछन् । केहि महीना भित्रै १०० भन्दा बढी पर्यटकलाई सुविधा दिने गरी निर्माण कार्य भईरहेको उनको भनाइ छ । ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन तथा विकास गराउन अभियान थालिएको स्थानीय आङछिरी शेर्पाले बताए । ‘हामी ओझेलमा परेको ऐतिहासिक किल्ला दुगुनागढी तथा एकीकृत बस्तीमा बनेको होमस्टेलाई देशव्यापी प्रचार गरेर पर्यटक भित्र्याउने अभियानमा लागेका हौं’, शेर्पाले भने । भूकम्पले पूर्णरुपमा ध्वस्त बनेको गढीको संरक्षण गर्न पुरातात्विक विभाग तथा नेपाली सेनाले विशेष चासोका साथ लागे पनि दुगुनागढीको संरक्षण तथा प्रवर्द्धनको लागि तीनओटै तहका सरकारले खासै चासो नदिएको उनको भनाइ छ । ‘गढीको संरक्षण तथा विकास गर्न सरकारललाई अभियान मार्फत घचघचाउन हामी लागिपरिरहेका छौं’, उनले भने ‘गढीमा आउने पर्यटकलाई होमस्टेमा राख्ने र यहाँको शेर्पा कला, संस्कृति, खानपान र रहनसहनको व्यवस्था गराउने हाम्रो योजना हो ।’ ऐतिहासिक गढीसँगै जोडिएको एकीकृत बस्ती यर्मासिं होमस्टेलाई देशकै नमूना होमस्टेको रुपमा विकास गर्न लागिएको भोटेकोशी चेम्बर अफ कमर्शका अध्यक्ष फुनु शेर्पाले बताए ।  भूकम्पका कारण पुरानो मौलिक सांस्कृतिक संरचनाहरु नष्ट भएपनि पुर्नजिवित गर्न लागिएको उनको भनाइ छ । दुगुनागढीमा आउने बाह्य पर्यटकहरुलाई राख्ने उद्देश्यले ३०औं वर्ष अगाडि थालिएको होमस्टे अवधारण जिल्लाकै पुरानो भएको उनी बताउँछन् ।  ‘दुगुनागढी देशकै ऐतिहासिक गढी हो, घुम्नको लागि अन्यन्त्र जानुभन्दा अन्य ठाउँका पर्यटकहरुलाई भित्र्याउन पर्छ भनेर अभियान चलाएका हौं’, शेर्पाले भने ‘यो अभियानमा यहाँका सबै राजनीतिक दल, व्यापारिक संघ संस्था, सामाजिक संघसंस्था, बुद्धिजीवि, स्थानीयहरु लागिरहेका छौं ।’ होमस्टे सुचारु भएसँगै पर्यटकको आगमन बढ्न थालेको होमस्टे व्यवसायी बताउँछन् । पर्यटकलाई शेर्पा समुदायले गर्ने सत्कार, माया र बोलीबचन नै स्मरणयोग्य रहेको सो क्षेत्रको भ्रमण गरेर फर्किका ताप्लेजुङका कृष्ण भुजेलले बताए । पर्यटक होमस्टेमा पुग्न साथ शेर्पा समुदायले आफ्नो संस्कृति अनुसार सत्कार गर्छन् । पाहुनाले चाहेको अनुसारको परिकार बनाइन्छ ।  त्यस्तै, बेलुका साँझ शेर्पा समुदायले पाहुनाहरुको लागि शेर्पा नाच लगायत सांस्कृतिक मनोरञ्जन प्रदान गर्दछन् । पाहुनाहरुले समेत आफ्नो मौलिक अनुसारको नाचगान लगायत सांस्कृतिक मनोरञ्जन लिने व्यवस्था मिलाएको सञ्चालकहरु बताउँछन् । पर्यटकहरुलाई बास, खाना तथा आरमको लागि निर्माण गरिएको होमस्टेमा पुग्न लार्चा सुख्खा बन्दरगाहबाट जम्मा ५ किलोमिटर मात्रै माथि पर्दछ । तर कच्ची सडक त्यसमाथि खाल्डाखुल्डी ज्यादै भएपछि पर्यटकलाई होमस्टेमा ल्याउन निकै कठिनायी झेल्नु परेको होमस्टे सञ्चालक पासाङ शेर्पाको बताउँछन् । ऐतिहासिक गढीजस्तो ठाउँमा पुग्ने सडकको स्तरोन्नति गर्न गाउँपालिकाले खासै चासो नदिएको उनको गुनासो छ ।  चीनसँग जोडिएको तातोपानी नाकासमेत यहि गाउँपालिकामा पर्दछ । आम्दानीको अन्य आर्थिक स्रोत नभएको गाउँपालिकामा तातोपानी नाकाको विकल्पमा रहेको पर्यटकीय गन्तव्यहरुको व्यवस्थीत गर्न सके स्थानीय नागरिकको रोजीरोटी तथा आर्थिक जीवन माथि उठ्न सक्ने आमा समूहकी अध्यक्ष पासाङबुटी शेर्पाको भनाइ छ । भोटेकोशी गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय गन्तव्य भैरवकुण्ड पुग्न पर्यटकहरुले सोही यार्मासिं होमस्टे, दुगुनागढीको बाटो प्रयोग गर्दछन् । भोटेकोशी गाउँपालिकामा दुगुनागढी, भैरवकुण्ड, लिस्तीमाई, नारानथान, बन्जीजम्प लगाएत दर्जनौ पर्यटकीय स्थलहरुमा पर्यटकहरुका लागि महीनौं दिनसम्म घुम्ने स्थानहरु रहेको गाउँपालिकाले जानकारी दिएको छ । पालिकामा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गर्न महत्वका साथ जनप्रतिनिधिहरु लागिरहेको पालिका अध्यक्ष राजकुमार पौडेलको भनाइ छ ।

तनहुँको डाँडागाउँ हर्कपुरमा होमस्टे सञ्चालन

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ मा डाँडागाउँ हर्कपुरमा होमस्टे सञ्चालन गरिएको छ। समुद्री सतहबाट करिब ९०० मिटर उचाइमा रहेको यो होमस्टे पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे घुम्तीबाट सात किमी र सदरमुकाम दमौलीबाट दश किलोमिटर दूरीमा पर्दछ । यहाँबाट प्राकृतिक मनोरम दृश्य सजिलैसँग अवलोकन गर्न सकिन्छ ।      सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका लागि पनि यो ठाउँ प्रसिद्ध छ । डाँडागाउँमा निर्माण गरिएको भ्यूटावरबाट सगरमाथा, गणेश, मनास्लुलगायत विभिन्न हिमाल सहजै अवलोकन गर्न सकिन्छ । भ्युटावरबाट जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित अग्लो छिम्केश्वरीडाँडा, गोरखा, लमजुङ, चितवन, पाल्पालगायत जिल्लाका अग्ला हरियाली र रमणीय डाँडापनि अवलोकन गर्न सकिन्छ । त्यस्तै तनहुँको बन्दीपुर बजार क्षेत्र डाँडा, श्याम्घा, साँगेफाँट, मादी नदी कलेस्ती फाँटको साथै छिमेकी जिल्लाको गोरखा बजारदेखि मनकामना मन्दिर पनि सजिलै हेर्न सकिने हुँदा पर्यटक यस क्षेत्रमा लोभिने गर्दछन् । पर्यटन प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारको संसदीय विकास कोषबाट गतवर्ष आठ लाखको लगानीमा सो टावर निर्माण गरिएको थियो । भ्यू टावर निर्माण गरिएको क्षेत्रमा तारबार गर्न म्याग्दे गाउँपालिकाले पाँच लाख प्रदान गरेको होमस्टेकी अध्यक्ष विहीसरा थापा पुलामीले जानकारी दिइन् । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पटक–पटक गरी ३० लाख बजेट विनियोजन गरेपछि आवश्यक सामुदायिक भवन निर्माण गरिएको छ । त्यसैगरी गाउँपालिका कार्यालयले पनि होमस्टे सञ्चालन शुरू गर्दादेखि आर्थिक सहयोग गर्दै आएको छ । यसले होमस्टे सञ्चालक थप उत्साहित बनेको छ । २०७५ देखि होमस्टे सञ्चालनमा आएपछि स्थानीय अर्गानिक उत्पादनका परिकारलाई प्राथमिकतामा राखिएको होमस्टेका सल्लाहकार सदस्य बालकृष्ण श्रेष्ठले बताए । गाउँकै उत्पादनको स्वाद होमस्टेमा पुग्नेहरूले चाख्न पाउँछन् । प्राकृतिक सौन्दर्यले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य र नेपालमा मात्र पाइने दुर्लभ चराचुरुंगी र ग्रामीण परिवेशले पर्यटकलाई आकर्षित गर्छ । होमस्टेमा पर्ने बस्तीमा पर्यटकलाई यहाँका मौलिक लोक, संस्कृतिले स्वागत गर्ने गरिन्छ । होमस्टेमा आउने पाहुनाका लागि प्याकेजमा एक हजार एक सय कायम गरिएको छ । दिउँसोको खाजा बेलुकाको खाना मासुसहित बिहानको खाजा र खानाको उक्त मूल्य कायम गरिएको छ । उक्त होमस्टेमा पुग्ने जो कोही पर्यटक पुनः दोहो¥याएर जाने गरेको बताइएको छ । रासस

पाहुनाले भरिँदै चित्रेगाउँका होमस्टे

पर्वत । दोस्रो लहरको कोरोना संक्रमणका कारण बन्द रहेका पर्वतका होमस्टे दसैं, तिहारको छुट्टीमा घुमघाममा आएका आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । कोरोना संक्रमणका कारण पाहुना राख्न छाडेका होमस्टे खुला भएसँगै भरिन थालेका हुन् । जिल्लाका मुख्य पर्यटकीय गन्तव्य चित्रे गाउँमा पर्यटक आगमन बढेको वडाध्यक्ष शुकबहादुर गुरुङले जानकारी दिए । पर्यटक घुमघाम गर्ने पञ्चासे लेक । लेकको काखमै चित्रे गाउँ पर्छ । आँखै अगाडि हिमालका लामबद्ध दृश्य । सबैजसोका घर ढुंगाले छाएका छन् । यहाँका घरका आँगनसमेत ढुंगाका छपनीले छाइएका छन् । सोही कारण पनि पर्यटक लोभिने गरेका छन् । कोभिड–१९ का कारण ठप्प रहेको यो गाउँ अहिले फेरि जगमगाएको छ ।   यहाँका ७ घरमा व्यावसायिक रूपमा होमस्टे चलाइएको छ । यो होमस्टे जिल्लाकै पहिलो हो । होमस्टेका ढोका खुल्न थालेपछि रमाइलो महसुस भएको होमस्टे सञ्चालिका सुशीलादेवी गुरुङले बताइन् । स्वास्थ्य मापदण्ड पालना गरी होमस्टे खुला गरिएको उनको भनाइ छ । कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ । कोभिड संक्रमणपछि सुनसान गाउँमा फेरि चहलपहल सुरु भएको स्थानीय मनमाया गुरुङले सुनाइन् । गाउँमा पाहुना आउँदा दैनिकी क्रमशः बेफुर्सदिलो बन्न थालेको उनको अनुभव छ । दसैंदेखि अग्रिम बुकिङ गरेर पर्यटक आउन थालेको होमस्टे सञ्चालक मनमायाले जानकारी दिइन् । प्रवासी नेपालीको अन्तर्राष्ट्रिय संस्था पर्वत समाजले आफ्नो अधिवेशन समेत चित्रेमा आयोजना गरेकाले अहिले दैनिक पर्यटक बढ्न थालेको उनले बताइन् । अधिवेशनमा दुई दिनमा ३ सय जना पाहुनाको स्वागत गर्ने तयारी छ । यहाँका स्थानीयले होमस्टेलाई आम्दानीको  थलोका साथै सामाजिक अभियानका रूपमा पनि उपयोग गर्दै आएका छन् । जति बचत हुन्छ, त्यसको करिब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या–पर्यटनमा लगानी गर्ने गरेको र ५ प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ । समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ । अहिले धेरै घरमा कोठा थप्ने र सबै एट्याच रुम बनाउने क्रम चलेको होमस्टे सञ्चालक समितिका सचिव मधुुसुदन अधिकारीले जानकारी दिए ।   अधिकारीका अनुसार चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । पर्यटकको स्वागतमा स्थानीयले आँगनमै फूलमाला सजाएर राख्ने गरेका छन् । मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चैबाजा र भजन टोलीको फरक–फरक प्रस्तुतिले धेरैलाई रमाइलो मोहित गर्ने गरेको होमस्टे सञ्चालक बताउँछन् । जाडोको बेला ‘क्याम्प फायर’सहित पञ्चैबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरूलाई झनै हौसाएको वडाध्यक्ष सुकबहादुर गुरुङले सुनाए । चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने रुटसमेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य नियाल्ने आन्तरिक पर्यटकको संख्या धेरै छ । होमस्टे पुग्नासाथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुंग बनाउँछ । खानाको रूपमा कोदोको पीठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनीले पनि पाहुना लोभिने गरेका छन् ।

चित्रेका होमस्टेमा आउन थाले पर्यटक

कार्तिक ४, पर्वत । दोस्रो लहरको कोरोना संक्रमणका कारण बन्द रहेका होमस्टे दशैं तिहारको छुट्टिमा घुमघाममा आएका पर्यटकले भरिभराउ भएका छन् । कोरोना संक्रमणका कारण पाहुना राख्न छोडेका होमस्टे खुल्ला भएर अहिले पाहुना राख्न शुरु गरेका हुन् । जिल्लाका मुख्य पर्यटकीय गन्तव्य मध्येको एक चित्रे गाउँमा पर्यटक आगमन बढेको वडाध्यक्ष शुकवहादुर गुरुङले जानकारी दिए ।  पर्यटकहरु घुमघाम गर्ने पञ्चासे लेक । लेकको काखमा छ चित्रे गाउँ । आँखै अगाडी हिमालका पंक्ति । सबैजासोका घर ढुंगाले छाएका । आँगन र डहर समेत ढुंगाका छपनीले बनाएको । त्यसैले यहाँ आउन पर्यटकहरु हुरुक्क हुने गर्छन् । कोभिड १९ संक्रमण पश्चात ठप्प रहेको यो गाउँ अहिले फेरि जगमगाएको हो । यहाँका ७ ओटा घरमा व्यावसायिक रुपमा होमस्टे चलाइएको छ । यो होमस्टे जिल्लाकै पहिलो र चर्चित होमस्टे हो । कोरोना संक्रमणको त्रासले बन्द भएका होमस्टेका ढोका खुल्न थालेपछि रमाईलो महसुस भएको होमस्टे सञ्चालक शुसिलादेबि गुरुङले बताइन् ।  स्वास्थ्यका मापदण्ड पालना गरि होमस्टे खुल्ला गरिएको उनको भनाइ छ । कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ ।  कोभिड संक्रमणपछि सुनसान रहेको गाउँमा फेरि चहलपहल शुरु भएको स्थानीय मनमायाँ गुरुङले बताइन् । उनले गाउँमा पाहुना आउँदा आफूहरुको दैनिकी पनि बेफुर्सदिलो बनेको सुनाईन् । दशैंदेखि अग्रिम बुकिङ गरेर पर्यटक आउन थालेको होमस्टे सञ्चालक मनमायाँले जानकारी दिईन् ।  प्रवासी नेपालीहरुको अन्तरराष्ट्रिय संस्था पर्वत समाजले आफ्नो अधिबेशन समेत चित्रेमा आयोजना गरेकोले अहिले दैनिक पर्यटक बढ्न थालेको उनले बताईन् । अधिबेशनमा दुई दिनमा ३०० जना पाहुनाको स्वागत गर्ने तयारी रहेको छ ।     यहाँका बासिन्दाहरु होमस्टे लाई आम्दानी गर्ने थलो मात्रै नभई सामाजिक अभियान थाल्ने थलोको रुपमा पनि उपयोग गर्दै आएका छन् । जति बचत हुन्छ, त्यसको करीब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्यापर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ । समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ ।  अहिले धेरै घरहरुमा कोठा थप्ने र सबै एट्याच रुम बनाउने क्रम चलेको होमस्टे सञ्चालक समितिका सचिव मधुसोधन अधिकारीले जानकारी दिए ।   अधिकारीका अनुसार चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरुको मन जित्दै आएको छ । पर्यटकको स्वागतमा स्थानीय आँगनमा फुलमाला सजाएर राख्ने गरेका छन् । मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टे सञ्चालकहरु बताउँछन् ।  जाडोको बेलामा ‘क्याम्प फायर’सहित पञ्चेबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरुलाई झनै हौसाएको वडाध्यक्ष सुकबहादुर गुरुङको भनाइ छ । चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको संख्या धेरै छ । होमस्टे पुग्न साथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनी आदीले पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

पर्यटक नआउँदा मुगुका सामुदायिक होमस्टे बन्द

पछिल्लो समयमा पर्यटकहरूलाई लक्षित गरी पर्यटक नआउँदा मुगुका सामुदायिक होमस्टे बन्दमाग्री गाउँमा बनाइएका लाखौं मूल्यका सामुदाय होमस्टे पनि हिजोआज बन्द भएको होमस्टे सञ्चालक पेमा कुन्साङ तामाङले बताएकी छन् । पर्यटकीय स्थलले भरिपूर्ण मुगु जिल्लाको पूर्वी क्षेत्रमा रहेका सामुदाय होमस्टे पर्यटक नआउँदा हिजोआज सुनसान (बन्द) रहेका छन् ।मुगु जिल्लाको पूर्वी क्षेत्र मुगमकामारोङ गाउँपालिका वडा नम्बर ८ […]

स्थानीय स्वाद र रमझममा रमाउन पाइने अम्बोटे होमस्टे

ग्रामीण पर्यटनको विकास र प्रवर्धनमा टेवा पु-याउने उद्देश्यले पछिल्लो समय धेरै होमस्टे सञ्चालनमा आएका छन्। होमस्टे सञ्चालन गर्ने क्रम बढ्दै जाँदा ‘होटल’ बन्न थालेको आरोप पनि लाग्ने गरेको छ। उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाको अम्बोटेमा सञ्चालित गुरुङ होमस्टेले भने स्थानीय उत्पादनलाई बढवा दिँदै पाहुनालाई मौलिक तरिकाले स्वागत गरिरहेको छ। धादिङको सदरमुकाम धादिङबेँसीदेखि ३५ किलोमिटर उत्तरमा साबिकको गुम्दीमा रहेको अम्बोटेगाउँ पछिल्लो समय होमस्टेका लागि चर्चित बनेको छ। १६ घर गुरुङ समुदायको बसोबास रहेको यो ठाउँ अहिले गुरुङ होमस्टेका रूपमा परिचित छ। यहाँ सञ्चालित होमस्टेको विशेषता गाउँले जनजीवन, सत्कार, स्थानीय खानपान, सरसफाइ र स्थानीय संस्कृतिको आनन्द रहेको होमस्टे सञ्चालक रूपा गुरुङले बताउनुभयो। गुरुङका अनुसार यहाँ आइपुग्ने पर्यटक गुरुङ संस्कृतिसँग मज्जासँग रम्न पाउँछन्। यहाँका १६ घरमध्ये नौ घर भूतपूर्व सुरक्षाकर्मीका हुन् भने पाँच घर बहालवाला सुरक्षाकर्मीका हुन्। त्यस्तै एक घरका सदस्य निजामती सेवामा कार्यरत छन्। सरकारी सेवामा रहँदा गरेको मेहनत र अनुशासनलाई आफूहरूले होमस्टेमा प्रयोग गरेको होमस्टे सञ्चालक मानबहादुर गुरुङले बताउनुभयो। फौजीमा हुँदा देखेको र गरेका कामलाई आफ्नै गाउँघरमा प्रयोग गर्दा निकै आनन्द लागेको गुरुङको भनाइ छ।