चित्रेका होमस्टेमा आउन थाले पर्यटक

कार्तिक ४, पर्वत । दोस्रो लहरको कोरोना संक्रमणका कारण बन्द रहेका होमस्टे दशैं तिहारको छुट्टिमा घुमघाममा आएका पर्यटकले भरिभराउ भएका छन् । कोरोना संक्रमणका कारण पाहुना राख्न छोडेका होमस्टे खुल्ला भएर अहिले पाहुना राख्न शुरु गरेका हुन् । जिल्लाका मुख्य पर्यटकीय गन्तव्य मध्येको एक चित्रे गाउँमा पर्यटक आगमन बढेको वडाध्यक्ष शुकवहादुर गुरुङले जानकारी दिए ।  पर्यटकहरु घुमघाम गर्ने पञ्चासे लेक । लेकको काखमा छ चित्रे गाउँ । आँखै अगाडी हिमालका पंक्ति । सबैजासोका घर ढुंगाले छाएका । आँगन र डहर समेत ढुंगाका छपनीले बनाएको । त्यसैले यहाँ आउन पर्यटकहरु हुरुक्क हुने गर्छन् । कोभिड १९ संक्रमण पश्चात ठप्प रहेको यो गाउँ अहिले फेरि जगमगाएको हो । यहाँका ७ ओटा घरमा व्यावसायिक रुपमा होमस्टे चलाइएको छ । यो होमस्टे जिल्लाकै पहिलो र चर्चित होमस्टे हो । कोरोना संक्रमणको त्रासले बन्द भएका होमस्टेका ढोका खुल्न थालेपछि रमाईलो महसुस भएको होमस्टे सञ्चालक शुसिलादेबि गुरुङले बताइन् ।  स्वास्थ्यका मापदण्ड पालना गरि होमस्टे खुल्ला गरिएको उनको भनाइ छ । कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ ।  कोभिड संक्रमणपछि सुनसान रहेको गाउँमा फेरि चहलपहल शुरु भएको स्थानीय मनमायाँ गुरुङले बताइन् । उनले गाउँमा पाहुना आउँदा आफूहरुको दैनिकी पनि बेफुर्सदिलो बनेको सुनाईन् । दशैंदेखि अग्रिम बुकिङ गरेर पर्यटक आउन थालेको होमस्टे सञ्चालक मनमायाँले जानकारी दिईन् ।  प्रवासी नेपालीहरुको अन्तरराष्ट्रिय संस्था पर्वत समाजले आफ्नो अधिबेशन समेत चित्रेमा आयोजना गरेकोले अहिले दैनिक पर्यटक बढ्न थालेको उनले बताईन् । अधिबेशनमा दुई दिनमा ३०० जना पाहुनाको स्वागत गर्ने तयारी रहेको छ ।     यहाँका बासिन्दाहरु होमस्टे लाई आम्दानी गर्ने थलो मात्रै नभई सामाजिक अभियान थाल्ने थलोको रुपमा पनि उपयोग गर्दै आएका छन् । जति बचत हुन्छ, त्यसको करीब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्यापर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ । समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ ।  अहिले धेरै घरहरुमा कोठा थप्ने र सबै एट्याच रुम बनाउने क्रम चलेको होमस्टे सञ्चालक समितिका सचिव मधुसोधन अधिकारीले जानकारी दिए ।   अधिकारीका अनुसार चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरुको मन जित्दै आएको छ । पर्यटकको स्वागतमा स्थानीय आँगनमा फुलमाला सजाएर राख्ने गरेका छन् । मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टे सञ्चालकहरु बताउँछन् ।  जाडोको बेलामा ‘क्याम्प फायर’सहित पञ्चेबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरुलाई झनै हौसाएको वडाध्यक्ष सुकबहादुर गुरुङको भनाइ छ । चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको संख्या धेरै छ । होमस्टे पुग्न साथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनी आदीले पर्यटकलाई आकर्षित गर्दै आएको छ । 

सम्बन्धित सामग्री

चलायमान हुन थाले लमजुङका घरवास

पर्यटनयाम सुरु भएसँगै लमजुङका घरवास होमस्टेमा पर्यटक बढ्न थालेका छन् । माघ दोस्रो सातादेखि लमजुङका ग्रामीण क्षेत्रमा खुलेका होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । गाउँमा स्थानीय परिकार, कला, संस्कृति,...

तिहारमा पनि लमजुङका होमस्टेमा पर्यटक

मुलुभरी तिहारको रौनक छाइरहँदा लमजुङका पर्यटकीय गाउँहरुमा भने पर्यटकहरुको उत्साहजनक आगमन भएको छ । जिल्लाको घलेगाउँ, काउलेपानी लगायतका उत्कृष्ट गन्तव्यमा दैनिक आन्तरिक पर्यटकको आगमन भएको हो ।पर्यटकीय सिजन भएकोले पनि वर्षभरी काम र अध्ययनमा व्यस्त हुनेहरु तिहार विदाको सदुपयोग गर्दै पर्यटकीय गाउँमा आएका हुन् । कोभिड–१९ का संक्रमण जोखिमका कारण लामो समय प्रभावित बनेको पर्यटन […]

लमजुङका होमस्टेमा भरिए दसैँ-तिहार बिदा मनाउने पर्यटक

लमजुङ – लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरूमा समेत बढ्न थालेको छ। दसैँमा हुने लामो बिदामा धेरै व्यक्तिहरू विभिन्न स्थानमा घुम्न निस्किन्छन्। लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैँ मनाउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ। दसैँ र तिहार बिदालाई धूमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन्। सुखी गाउँ […]

थारु होमस्टेमा ओइरिँदै पर्यटक

चितवन । कोरोना महामारी सुस्ताउँदै जाँदा चितवनमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, पटिहानी र मेघौलीमा अहिले आन्तरिक र बाह्य पर्यटक देखिन थालेका छन । थारु समुदायको मौलिक संस्कृति र परम्परामा रमाउन पर्यटक थारु होमस्टेमा पुग्ने गरेका छन् । ठूला होटल तथा रिसोर्टको तुलनामा पछिल्लो समय होमस्टेमा आकर्षण बढ्दै गएको स्वयं व्यवसायी बताउँछन् । माडीको शिवद्वार होमस्टेसँगै भरतपुर महानगर–२७ मा रहेको थारु होमस्टेमा बाक्लो संख्याका पर्यटक देखिन थालेका छन् । होमस्टेमा अर्गानिक, मौलिक परिकार, सस्तो बसाइ र शान्त वातावरणका कारण पर्यटक आकर्षित भएका हुन् । मेघौलीमा ०६७ सालदेखि थारु समुदायले सञ्चालन गरेको सामुदायिक होमस्टे छोटो समयमै पर्यटक रोजाइमा परेको हो । थारु समुदायकै घरमा बन्ने स्थानीय उत्पादन खाने र स्थानीय कला–संस्कृतिको जानकारी लिने अवसर पाइने हुँदा विदेशी पर्यटक पनि सामुदायिक थारु होमस्टेतर्फ तानिएका हुन् । भरतपुर महानगर–२७ का जीवन चौधरी कोरोनाको प्रभाव कम हुँदै जाँदा पर्यटक आगमन बढ्न थालेको बताउँछन् । ‘अहिले होमस्टे आउने पर्यटक बढिरहेका छन्  । हाम्रो खाना, परिकार, रहनसहन पर्यटकले मन पराउन थालेका छन् । अघिल्ला समय सुविधासम्पन्न होटलमा पर्यटक बस्न मन पराउँथे’, उनले भने, ‘अहिले मौलिक परम्परा र संस्कृतिमा रमाउन थालेका छन् ।’ होमस्टेमा विभिन्न स्वादसहितका अर्गानिक खाना, थारु नाच हेर्न पाइने भएकाले पर्यटक रोजाइमा परेको उनको बुझाइ छ । होमस्टेमा प्रवेश गर्नासाथ मौलिक वेषभूषासहित फूल र टीका लिएर सजिएका थारु युवतीले पर्यटकलाई स्वागत गर्छन् । संस्कारी थारु समुदायका व्यक्तिको स्वागत सत्कारले पर्यटकलाई आत्मीय प्रकट गर्दछ । स्वागतपछि होमस्टेमा भित्रिएसँगै हाँसको मासु, चिचर, घोंगी, माछा, निगुरो, नुन–खुर्सानीको अचार, गुन्द्रुक आदि परिकारको स्वाद र साँझमा देखाइने मौलिक नाचले रौनक थप्ने गरेको छ । होमस्टेमा नेपाली पर्यटकले सादा खाना १ सय ५०, मासुसहितको खाना ३ सय, दिउँसो नास्ताको १ सय र एक रात बसेको ५ सय रुपैयाँ मूल्य राखिएको छ । थारु सामुदायिक होमस्टे थारु संस्कार र संस्कृतिको जीवन्त संग्र्रहालय बनेको छ । यहाँ आउने पर्यटकले थारु संस्कृतिमा देखाइने चिचर, घोंगी, हाँसको मासु आदि खान पाउँछन् भने परम्परागत लठ्ठी, झमटा, झुमरा, डम्फु नाच आदि मौलिक नृत्य देखाइने सामुदायिक होमस्टेका सञ्चालक बुद्धिराम महतोले जानकारी दिए । न्यानो आतिथ्यका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन, मौलिक उत्पादन तथा सेवाका कारण पर्यटकले  होमस्टे रोज्न थालेको महतो बताउँछन् । भरतपुरबाट दैनिक सयौंको संख्यामा गोलाघाट घुम्न आउने गर्छन् । साँझपख सूर्यास्त हेर्नेको घुइँचो लाग्ने गर्छ । राप्ती र नारायणी नदीको संगम स्थल गोलाघाट भएकाले पनि पर्यटकका लागि नौलो अनुभव हुने गर्छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावर हेर्न पनि गोलाघाटमा पर्यटकको चहलपहल बढी हुने मेघौली पर्यटन विकास समिति अध्यक्ष हरिचन्द्र महतो बताउँछन् । ‘शान्त तथा प्राकृतिक वातावरणसँग पर्यटकले नदी, जंगल, जनावर, सूर्यास्त, होमस्टे, थारु संस्कृतिका सबै अनुभव गर्न पाउँछन् । त्यसैले अन्य गन्तव्यभन्दा मेघौली फरक छ,’ उनले भने ।

गुठीचौरका होमस्टेमा रमाउँदै पर्यटक

जुम्लाको गुठीचौर गाउँपालिकामा ५३ होमस्टे छन। गुठीचौर गाउँपालिका वडा नम्बर १ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलंगा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्ये नजर गर्दै होमस्टे सञ्चालनमा ल्याइएको हो।...

दशैंसँगै खुलेको काउलेपानी होमस्टेमा पर्यटकको लर्को

लमजुङमा उत्कृष्ट गन्तव्यको रुपमा रहेको गाउँशहरको काउलेपानी होमस्टेमा पर्यटक आगमन सुरु भएको छ । कोरोना संक्रमणको जोखिमसँगै गत वैसाखदेखि बन्द रहेको काउलेपानी होमस्टे दसैं सुरु भएसँगै खुल्ला भएको हो ।होमस्टे खुल्ला भएसँगै दैनिक पर्यटकहरुको आगमन सुरु भएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको हो । अहिले दैनिकरुपमा पारिवारिक एवं समूहगत रुपमा पाहुना आउन थालेको होमस्टे व्यवस्थापन […]

नाम्जेको होमस्टेमा बढ्यो पर्यटकको चहलपहल

धरान । लामो समयदेखि थलिएको धनकुटाको सागुरीगढी गाउँपालिकामा सञ्चालित होमस्टेमा पर्यटकीय चहलपहल शुरू भएको छ । असोज १ गतेदेखि सर्वपक्षीय छलफलको निर्णयअनुसार होमस्टे सञ्चालनमा आएपछि चहलपहल बढेको हो । सागुरीगढी गाउँपालिका–६ मा रहेको नाम्चे थुम्कीमा सञ्चालन भएका होमस्टे कोरोनाको संक्रमणका कारण बन्द थिए । संक्रमणकै कारण केही समय उनीहरू कृषि पेशामा लागेका थिए । तर कोरोना संक्रमण घट्दै गएपछि नाम्चेका होमस्टेमा आन्तरिक पर्यटक आउन थालेका छन् । नाम्जेमा मगर समुदायले आफ्नो सांस्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालन गरेका छन् । कोभिड शुरू हुनुअघि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक एक रात होमस्टेमा नबसी फर्किंदैन थिए । तर, कोरोना महामारीका कारण पर्यटक आगमन ठप्प भएपछि होमस्टे पनि बन्द भए । कोरोनाको जोखिम कम हुँदै गएपछि चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि होमस्टे पुनः सञ्चालन गरिएको हो । कोेराना संक्रमण अवधिभर होमस्टे सञ्चालन नहुँदा १ करोड रुपैयाँभन्दा बढी नोक्सानी बेहोर्नु परेका सञ्चालकहरू बताउँछन् । अहिले पुनः खुला भएर पर्यटक आएर खाने, बस्ने रमाउने गरेपछि भने उनीहरू उत्साहित बनेका छन् । नाम्जे थुम्की होमस्टे व्यवस्थापनका अध्यक्ष अनिलकुमार रानामगरले कोरोनाकै कारण होमस्टे बन्द हुँदा लाखौंको आम्दानी गुमेको बताए । ‘कोरोना कहरले होमस्टे सञ्चालक ठूलो मारमा परे,’ उनले भने, ‘असोज १ गतेदेखि सञ्चालनमा आएपछि केही राहत भने मिलेको छ ।’ अहिले केही फाट्टफुट्ट पाहुना आउने गरेको उनले बताए । उनका अनुसार विगतमा यहाँका होमस्टेमा दैनिक ५ लाखदेखि ६ लाख रुपैयाँसम्म कारोबार हुने गर्दथ्यो । विराटनगरबाट ६–७ जनाको टोलीसहित नाम्जे होमस्टेमा बस्न आएका रवीन राजवंशीले लामो समयसम्म यहाँ आउने वातारण नमिलेको बताए । उनले भने, ‘हामी समय समयमा आउन गथ्र्यौं, तर कोरोनाका कारण २ वर्षपछि हामी आएका हौं, निकै आनन्द महसूस गरेका छौं ।’

नाम्जेको होमस्टेमा पर्यटकको चहलपहल बढ्न थाल्यो

असोज १७, धरान । लामो समयदेखि थलिएको सागुरीगढी गाउँपालिका ६ मा सञ्चालनमा रहेका होमस्टेमा विस्तारै चहलपहल शुरु भएको छ  । असोज १ गतेदेखि सर्वपक्षीय छलफलबाट होमस्टे सञ्चालनमा आएपछि चहलपहल बढेको हो । धनकुटाको सागुरीगढी गाउपालिका वडा नं. ६ मा रहेको नाम्चे थुम्कीमा सञ्चालन भएका होमस्टे कोरोनाको संक्रमणका कारण बन्द रहेका थिए । संक्रमणकै कारण केही समय उनीहरु कृषि पेशामा लागे तर कोरोना सहज हुँदै गएपछि भने फेरि नाम्चेका होमस्टेमा चहलपहल बढ्न थालेको छ भने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । गन्तव्य स्थलको परिचय दिलाउन नाम्जेमा मगरहरुले आफ्नो सांस्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालनमा ल्याएपछि भेडेटारको सुन्दरतामा सुनमा सुगन्ध थपिएझै थियो । यहा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु एक रात होमस्टेको मजा नलिई कोही पनि फर्किदैन थिए ।  तर, कोरोना भाइरसको संक्रमणको कारण यहा सञ्चलनमा आएका होमस्टे प्रभावित बने । कोरोनाको जोखिम कम हुँदा गए पछि चाडपर्वलाई लक्षित गरी असोज १ गतेबाट होमस्टे सञ्चालनमा आएका हुन् । कोेराना संक्रमण अवधिभर यहाका होमस्टे सञ्चालनमा नआउँदा १ करोडभन्दा बढी नोक्सानी व्यहोर्नु परेका उनीहरु बताउँछन् । खुला भएसँगै आन्तरिक तथा बाह्य पर्यटक यहा आएर खाने, बस्ने रमाउने गरेपछि भने उनीहरु केही आशावादी बनेका छन् । नाम्जे थुम्की होमस्टे व्यवस्थापनका अध्यक्ष अनिलकुमार राना मगरले कोरोनाकै कारण होमस्टे बन्द हुँदा एक करोड बढी नोक्सानी व्यहोर्नु परेको बताए । उनले भने, ‘कोरोनाले होमस्टे सञ्चालकलाई ठूलो क्षति पु¥यायो, असोज १ गतेदेखि सञ्चालनमा आएपछि केही राहत भने मिलेको छ ।’ उनले अहिले केही सहज भएपछि फाट्टफुट्ट पाहुनाहरु आउने गरेको बताए । उनका अनुसार विगतमा यहाका होमस्टेहरुमा दैनिक ५ देखि ६ लाख रुपैयाँसम्म कारोबार हुने गर्दथ्यो ।  अहिले भने पाहुनाहरु आउन थालेपछि भने केही आशा पलाएको उनी बताउँछन् । विराटनगरबाट ६÷७ जनाको टोली नै नाम्जे होमस्टेमा बस्न आएका रविन राजवंशीले लामो समयसम्म आउने वातारण नमिलेको बताए । उनले लामो समयपछि यहा आउँदा अर्कै रमाइलो महसुस भएको बताए ।  उनले भने, ‘हामी रिफ्रेसमेन्टका लागि समयसमयमा आउन गर्थ्यौ तर कोरोनाका कारण दुई वर्षपछि हामी आएका हौं, रमाइलो महसुस गरेका छौं ।’ उनले सडक सञ्जाल राम्रो भइदिएको भए अझ पर्यटक बढ्ने बताए ।

सराङकोटको होमस्टेमा रेष्टुराँको सेवा पनि

पोखराको मुख्य बजार क्षेत्रदेखि करिब ८ किलोमिटर दूरीमा रहेको तोरी पानी होमस्टेले आगन्तुक पाहुनाको रोजाई अनुसार होमस्टे र होटल तथा रेष्टुरेण्टको सेवा समेत उपलब्ध गराएको छ । पोखरा १८ तोरीपानीका प्रेमप्रसाद तिमिल्सिनाले न्यून शुल्कमा होमस्टे र होटल तथा रेष्टुरेन्टकै सेवा रोजाइका पर्यटकहरुलाई पनि एकै स्थलबाट सेवा दिएको बताए । होमस्टेमा एक रात बसेको प्रति पर्यटक […]

कालाबाङ घरेडी सामुदायिक होमस्टेमा पर्यटक खचाखच

पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दीको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा पर्यटक व्यवस्थापन गर्न स्थानीयलाई हम्मेहम्मे भएको छ । २०७१ देखि सञ्चालनमा आएको उक्त होमस्टे सुरुको दुई वर्षमा होमस्टे सञ्चालकहरू होमस्टे बन्द गर्ने कि भन्ने सम्मको सोच्न बाध्य भएका अन्ततः तेस्रो वर्षदेखि विस्तारै पर्यटकहरूको आगमन बढेसँगै हाल पर्यटक व्यवस्थापन गर्नसमेत हम्मेहम्मे भएको बताएका छन् ।