स्थानीय स्वाद र रमझममा रमाउन पाइने अम्बोटे होमस्टे

ग्रामीण पर्यटनको विकास र प्रवर्धनमा टेवा पु-याउने उद्देश्यले पछिल्लो समय धेरै होमस्टे सञ्चालनमा आएका छन्। होमस्टे सञ्चालन गर्ने क्रम बढ्दै जाँदा ‘होटल’ बन्न थालेको आरोप पनि लाग्ने गरेको छ। उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाको अम्बोटेमा सञ्चालित गुरुङ होमस्टेले भने स्थानीय उत्पादनलाई बढवा दिँदै पाहुनालाई मौलिक तरिकाले स्वागत गरिरहेको छ। धादिङको सदरमुकाम धादिङबेँसीदेखि ३५ किलोमिटर उत्तरमा साबिकको गुम्दीमा रहेको अम्बोटेगाउँ पछिल्लो समय होमस्टेका लागि चर्चित बनेको छ। १६ घर गुरुङ समुदायको बसोबास रहेको यो ठाउँ अहिले गुरुङ होमस्टेका रूपमा परिचित छ। यहाँ सञ्चालित होमस्टेको विशेषता गाउँले जनजीवन, सत्कार, स्थानीय खानपान, सरसफाइ र स्थानीय संस्कृतिको आनन्द रहेको होमस्टे सञ्चालक रूपा गुरुङले बताउनुभयो। गुरुङका अनुसार यहाँ आइपुग्ने पर्यटक गुरुङ संस्कृतिसँग मज्जासँग रम्न पाउँछन्। यहाँका १६ घरमध्ये नौ घर भूतपूर्व सुरक्षाकर्मीका हुन् भने पाँच घर बहालवाला सुरक्षाकर्मीका हुन्। त्यस्तै एक घरका सदस्य निजामती सेवामा कार्यरत छन्। सरकारी सेवामा रहँदा गरेको मेहनत र अनुशासनलाई आफूहरूले होमस्टेमा प्रयोग गरेको होमस्टे सञ्चालक मानबहादुर गुरुङले बताउनुभयो। फौजीमा हुँदा देखेको र गरेका कामलाई आफ्नै गाउँघरमा प्रयोग गर्दा निकै आनन्द लागेको गुरुङको भनाइ छ।

सम्बन्धित सामग्री

पाहुनालाई मौलिक स्वाद चखाउँदै माघी होमस्टे

१६ फागुन, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-४ का सीताराम चौधरी घरमा कोही पाहुना नआएको दिन न्यास्रो मान्छन् । पाहुनाको स्वागत, सत्कार र उनीहरुसँगै भलाकुसारी गर्दै समय बिताउने चौधरीको दिनचर्या नै बनिसक्यो । माघी होमस्टे थारु गाउँका अध्यक्ष समेत रहेका चौधरी आफूले पनि घरमा होमस्टे सञ्चालन गरेका छन् । पूर्वपश्चिम राजमार्गको सुखड बजारदेखि पाँच किलोमिटरको दूरीमा […]

थारू संस्कार र परिकारको स्वाद चखाउँदै बहेड्वा होमस्टे

थारू समुदाय मूलत: धानमा आश्रित रहेर जीविकोपार्जन गर्ने समुदाय भएकै कारण यहाँ आउने पाहुनाहरूलाई सुरुमा उसिना चामलको बनेको भूजा, चामलकै पीठोबाट बनेको तेलपौर रोटी, बगिया र थारू फूड घोङ्ही, ओलको अचार खाजाको रुपमा दिएर स्वागत गर्छन् ।

आम्दानीको स्रोत बन्दै जङ्गली च्याउ

–धुर्वसागर शर्मा गलेश्वर, १४ साउन । पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा  घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन् । च्याउबाहेक जङ्गली रातो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल […]

रैथाने बालीको परिकार बनाउन होमस्टे सञ्चालकलाई प्रशिक्षण

लमजुङ । ग्रामीण पर्यटन अर्थात होमस्टेको हब बनिरहेको लमजुङमा होमस्टे अर्थात घरबास कार्यक्रममा पर्यटकको आकर्षणका लागि रैथाने बालीको परिकार बनाउन प्रशिक्षण सञ्चालन गरिएको छ । दुई दिने सो प्रशिक्षण उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिकाले सञ्चालन गरेको हो । पालिका भित्र पाईने रैथानेबालीहरूको समेत संरक्षण, प्रवद्र्धन गर्न र खासगरी होमस्टेहरूमा आउने पाहुनालाई रैथाने स्वाद पस्किएर त्यसबाट […] The post रैथाने बालीको परिकार बनाउन होमस्टे सञ्चालकलाई प्रशिक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लमजुङमा अलैंची होमस्टे

मर्स्याङ्दी गाउँपालिका–७ को छिनखोला, लुदी, ताराचोक, शेरा गाउँहरू अलैंची खेतीले प्रख्यात छन् । यहाँको अलैंची झापाको बिर्तामोड हुँदै भारत प्रवेश गर्छ । त्यतिञ्जेलसम्म अलैंचीको मौलिक स्वाद हराउन सक्छ । यही मौलिक स्वाद दिन स्थानीयले ‘अलैंची’ होमस्टेको अवधारणा ल्याएका छन् । पहिलो चरणमा छिनखोला र लुदीमा ६/६ वटा, ताराचोकमा १० र शेरामा ४ वटा होमस्टे स्थापना गर्ने तयारीमा स्थानीय लागेका छन् ।

मुगुका होमस्टे पर्यटनको पर्खाइमा

मुगु  ।  मुगु भन्ने बित्तिकै पर्यटकीय सम्भावना बोकेको जिल्ला र रैथाने अर्गानिक बाली उत्पादन हुने ठाउँ भनेर धेरैले चिन्छन् । मुगु आउनले पर्यटक यहाँका रमणीय पर्यटकीयस्थल घुमेर अघाउँदैनन् । रैथाने खाद्यान्नको स्वाद जीवनभरका लागि बोकेर फर्कन्छन् ।मुगु आउने पर्यटक रारा ताललाई प्राथमिकतामा राखेर आए पनि फर्कने बेला भनेर मुगुको अर्कै तस्विर बोकेर फर्कन्छन् । यहाँ […]

तनहुँको डाँडागाउँ हर्कपुरमा होमस्टे सञ्चालन

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ मा डाँडागाउँ हर्कपुरमा होमस्टे सञ्चालन गरिएको छ। समुद्री सतहबाट करिब ९०० मिटर उचाइमा रहेको यो होमस्टे पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे घुम्तीबाट सात किमी र सदरमुकाम दमौलीबाट दश किलोमिटर दूरीमा पर्दछ । यहाँबाट प्राकृतिक मनोरम दृश्य सजिलैसँग अवलोकन गर्न सकिन्छ ।      सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका लागि पनि यो ठाउँ प्रसिद्ध छ । डाँडागाउँमा निर्माण गरिएको भ्यूटावरबाट सगरमाथा, गणेश, मनास्लुलगायत विभिन्न हिमाल सहजै अवलोकन गर्न सकिन्छ । भ्युटावरबाट जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित अग्लो छिम्केश्वरीडाँडा, गोरखा, लमजुङ, चितवन, पाल्पालगायत जिल्लाका अग्ला हरियाली र रमणीय डाँडापनि अवलोकन गर्न सकिन्छ । त्यस्तै तनहुँको बन्दीपुर बजार क्षेत्र डाँडा, श्याम्घा, साँगेफाँट, मादी नदी कलेस्ती फाँटको साथै छिमेकी जिल्लाको गोरखा बजारदेखि मनकामना मन्दिर पनि सजिलै हेर्न सकिने हुँदा पर्यटक यस क्षेत्रमा लोभिने गर्दछन् । पर्यटन प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारको संसदीय विकास कोषबाट गतवर्ष आठ लाखको लगानीमा सो टावर निर्माण गरिएको थियो । भ्यू टावर निर्माण गरिएको क्षेत्रमा तारबार गर्न म्याग्दे गाउँपालिकाले पाँच लाख प्रदान गरेको होमस्टेकी अध्यक्ष विहीसरा थापा पुलामीले जानकारी दिइन् । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पटक–पटक गरी ३० लाख बजेट विनियोजन गरेपछि आवश्यक सामुदायिक भवन निर्माण गरिएको छ । त्यसैगरी गाउँपालिका कार्यालयले पनि होमस्टे सञ्चालन शुरू गर्दादेखि आर्थिक सहयोग गर्दै आएको छ । यसले होमस्टे सञ्चालक थप उत्साहित बनेको छ । २०७५ देखि होमस्टे सञ्चालनमा आएपछि स्थानीय अर्गानिक उत्पादनका परिकारलाई प्राथमिकतामा राखिएको होमस्टेका सल्लाहकार सदस्य बालकृष्ण श्रेष्ठले बताए । गाउँकै उत्पादनको स्वाद होमस्टेमा पुग्नेहरूले चाख्न पाउँछन् । प्राकृतिक सौन्दर्यले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य र नेपालमा मात्र पाइने दुर्लभ चराचुरुंगी र ग्रामीण परिवेशले पर्यटकलाई आकर्षित गर्छ । होमस्टेमा पर्ने बस्तीमा पर्यटकलाई यहाँका मौलिक लोक, संस्कृतिले स्वागत गर्ने गरिन्छ । होमस्टेमा आउने पाहुनाका लागि प्याकेजमा एक हजार एक सय कायम गरिएको छ । दिउँसोको खाजा बेलुकाको खाना मासुसहित बिहानको खाजा र खानाको उक्त मूल्य कायम गरिएको छ । उक्त होमस्टेमा पुग्ने जो कोही पर्यटक पुनः दोहो¥याएर जाने गरेको बताइएको छ । रासस

पर्यटक लोभ्याउँदै छन्त्याल होमस्टे

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँ पुग्ने आन्तरिक पर्यटक यहाँ सञ्चालित छन्त्याल होमस्टेको खानपान र आतिथ्य सत्कारबाट प्रभावित हुने गरेका छन् । प्राकृतिक सुन्दरता, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकन गर्न गुर्जा पुग्ने पर्यटकको खानेबस्ने सुविधाका लागि स्थानीयले होमस्टे सुरु गरेपछि यहाँ पुग्नेलाई सजिलो भएको छ । अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको गुर्जा गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको हो । गुर्जाका ६ वटा घरमा ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेका गुर्जाबासीले पाहुनालाई फूलमालाले स्वागत गर्नुका साथै छन्त्याल संस्कृति पस्कन्छन् । होमस्टेमा च्याउ, टुसा, स्थानीय कुखुरा, खसी, फापरको रोटी, ढिँडोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ ।      छन्त्याल समुदायको मौलिक संस्कृति, ग्रामीण जीवनशैली, जैविक विविधता, वन्यजन्तु तथा पृष्ठभूमिमा देखिने हिमालको सुन्दरता गुर्जा गाउँको आकर्षण हो । गुर्जाबाट देखिने गुर्जा, चुरेन, पुथा र गुर्जा पश्चिम हिमालको मनमोहक दृश्यले पर्यटकलाई थप लोभ्याउँछ । लुलाङदेखि जंगल र भीरको बाटो ८ घन्टाको पैदलयात्रापछि पुगिने गुर्जादेखि ढोरपाटन सिकार आरक्षको रुघाचौर जोड्ने सिकारी पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको १० लाख अनुदानमा निर्माण गरिएको पदमार्गको प्रचार–प्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजना छ ।      पैदल यात्रा मात्र नभएर घोडचढी सुविधा पनि यहाँ उपलब्ध छ । ढोरपाटन सिकार आरक्षको घुस्तुङ र वर्षे ब्लक गुर्जामै पर्दछ । गुर्जामा यार्सा, निरमसी, पाँचऔंलेलगायत जडीबुटी पाइन्छन् । कस्तुरी, मृग, रतुवा, झारल, घोरललगायत वन्यजन्तु यहाँ अवलोकन गर्न पाइन्छ । रासस

प्रदेश नम्बर १ कै पहिलो ‘कृषि होमस्टे’ बन्यो झापामा

असार ३१, झापा । झापाको गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ ।  प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रू. एक करोड २० लाखको लागतमा कृषि पर्यटन प्रवर्द्धनका लागि बनाएको यो पहिलो ‘कृषि होमस्टे’ हो । यद्यपि सहकारीले कोडिभ–१९ का कारण निर्माण सम्पन्न भए पनि सञ्चालनमा ल्याउन सकेको छैन । पूर्व पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करीब ३० किलोमिटरको दूरीमा रहेको यो होमस्टे देशका विभिन्न सहकारीबाट यहाँको नमूना खेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको सहकारीका अध्यक्ष वेदनिधि चापागाईंले बताए ।  कृषि पर्यटनलाई लक्षित गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमीनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर छ ।  तीन वर्षअघि तत्कालीन कानूनमन्त्री अग्नि खरेलले शिलान्यास गरेको पाहुना घरमा ८ ओटा सुुत्ने र बस्ने सुविधा सम्पन्न कोठा तथा एउटा ८० जना अट्ने तालीम हल बनेको छ । उनका अनुसार दुई ओटा कोठामा दुई/दुई ओटा शय्या रहेका छन् भने बाँकी छ ओटा कोठामा ८ ओटाका दरले शय्या व्यवस्थापन गरिएको छ । विसं २०७० मा महारानी झोडा साना किसानले प्रवर्द्धन गरेको सहकारीले नाफा कमाउने भन्दा पनि सेवा गर्ने उद्देश्यले होमस्टे बनाएको जानकारी दिएको छ । ‘नाफा कमाउने सोचले होइन’, अध्यक्ष चौपागाईंले भने, ‘अवलोकन भ्रमणमा देशभरका सहकारीबाट आउनुहुने पाहुनालाई सस्तो र गुणस्तरीय सेवा प्रदान गर्ने हामो लक्ष्य छ ।’ तीन वर्ष अघि सरकारले मुलुक भरमा तोकेका १०० पर्यटकीय गन्तव्यमध्ये एक कृषि गन्तव्यका रूपमा सूचीकृत सहकारीलाई होमस्टे निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा रू. ६५ लाख, २०७६/०७७ मा रू. ४५ लाख र चालू आव २०७७/०७८ सालमा रू. ५० लाख गरी कुल रू. एक करोड ६० लाख उपलब्ध गराएको उनले बताए । सो रकममध्ये होमस्टे निर्माणमा रू. एक करोड २० लाख खर्च भएको छ भने बाँकी रकम सोही स्थानमै बनेको ज्येष्ठ नागरिक चौतारीमा लगाइएको छ । उनले होमस्टेका सुन्दर वातानुकूलित कोठामा एक दिन बस्नका लागि प्रतिव्यक्ति रू. २०० मात्र तिर्नुपर्ने र सहकारीले नै उत्पादन गरेको स्वादअनुसारका खानाको व्यवस्थासमेत हुने बताए । सहकारीले जैविक तरकारी खेती, गाई फार्म, माछा, लोकल कुखुरा, बट्टाइपालन गरेको छ भने यहाँ आउने पाहुनाका लागि ५० जनाले एकै पटक खाना खान सक्ने क्षमताको चमेनागृहसमेत निर्माण गरेको छ । ‘बास्मती चालमको भातसहित पाहुनाको स्वाद र रुचिअनुसारको परिकार खुवाउँछौँ’, उनले भने, ‘न्यूनतम मूल्यमा सबै कुरा एकै ठाउँ उपलब्ध गराउने हो ।’ कोभिड–१९ का कारण गत वर्ष र यो वर्ष सहकारी भ्रमणमा आउने क्रम घटेको छ । अध्यक्ष चापागाईंले सहज अवस्था हुँदा वर्षमा ५० हजारभन्दा बढी कृषि तथा सहकारी क्षेत्रका अभियानकर्मी नमूना खेती अवलोकन भ्रमणका लागि आउने गरेको बताए ।  यसअघि यहाँ आउने कृषि पर्यटकले बास बस्नकै लागि दमक, विर्तामोडलगायतका होटलमा पुग्नेपर्ने बाध्यता थियो । अब यहीँको होमस्टेमा बसेर सहकारीे एकअर्काका अनुभव साटासाट गर्ने अवसर मिल्ने महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालले बताए ।  पछिल्लो समय कृषिको ‘हब’ बन्दै गएको गौरादहमै कृषि क्याम्पस तथा महिलाले नै सञ्चालन गरेको देशकै नमूना महारानीझोडा साना किसान सहकारी संस्थासमेत रहेका छन् । त्यसैगरी सहकारीले होमस्टेसँग ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारीसमेत धमाधम निर्माण गरिरहेको छ । यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आवमा रू. ७० लाख बजेट विनियोजन गरेको थियो । ज्येष्ठ नागरिकलाई आनन्ददायीपूर्वक समय बिताउन सहयोग पुर्‍याउने उद्देश्यले होमस्टे परिसरमै मिलन केन्द्र निर्माण भइरहेको छ । रासस