उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्यालले बुधबार आकस्मिक राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) को कार्यदिशाले नयाँ मोड लिएको छ । आफूले २०३८ सालमा राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दादेखिको फेहरिस्त प्रस्तुत गर्दै प्याकुर्यालले बुधबार सञ्चारमाध्यमसामु नेपाली क्रिकेटको सर्वोच्च निकायबाट अलग भएको घोषणा गरेका थिए ।