कुमारी बैंक र सुदुरपश्चिम प्रदेशको लम्की चुहा नगरपालिकास्थित लाल रत्न अस्पतालबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वास्थ्योपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।