दाङ : इलाका प्रहरी कार्यालय‚ तुलसीपुरको परिसर पछाडि विभिन्न कम्पनीका बेवारिसे मोटरसाइकल छन्। विभिन्न समयमा भएका दुर्घटनामा वा चेकजाँचका क्रममा कागजपत्र नभएपछि नियन्त्रणमा लिएर ती मोटरसाइकल राखिएको हो।कार्यालयका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार विभिन्न समयमा नियन्त्रणमा लिइएका सवारीसाधनका धनी लिन नआउँदा मोटरसाइकलमा खिया लागेको छ। त्यहाँ ३० वटा जति मोटरसाइकल छन्। तीमध्ये केही तीन वर्षदेखि त्यहाँ छन्। कार्यालयमा ठाउँअभाव भएकाले ती सवारी साधनलाई कार्यालयपछाडि राखेको उनले बताए।‘प्रहरी