एकैदिन मुख्यमन्त्री र १२ मन्त्रीको जवाफ, खर्च कटौतीको प्रस्तावका लागि १ दिनको समय

प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रम सकिएको छ । शनिबारको संसद बैठक झण्डै ५ घण्टा लामो चलेको थियो । उक्त बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित अन्य १२ जना मन्त्रीले दिएका छन् । जवाफ दिने क्रम सकिएसँगै खर्च कटौतीको प्रस्ताव दर्ता गराउने समय भोलिसम्मका लागि दिइएको छ । मन्त्रीहरुले विपक्षीले उठाएको प्रश्नको जमेर जवाफ दिएका छन् । कतिपय एमाले सांसदहरुले प्रदेश सरकार गन्हाएको भन्ने प्रश्नको मन्त्रीहरुले प्र

सम्बन्धित सामग्री

केजरीवालको मुख्यमन्त्री पद खारेज गर्न अदालतद्धारा अस्विकार

मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन ईडी (प्रवर्तन निदेशालय)को हिरासतमा राख्न अदालतले अनुमति दिइएको छ । यससँगै उहाँ अब अप्रिल १ सम्म हिरासतमा रहनु हुनेछ । यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप सात दिनको समय माग गरेका थियो । तर अदालतले […]

कोशी प्रदेश : मुख्यमन्त्री थापाले विश्वासको मत पाउने सम्भावना कति ?

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विश्वासको मत लिने दिनको पूर्वसन्ध्यामा छन्।विपक्षी दल एमालेका सांसदहरू भने घरायसी समस्या परेको भन्दै सदनमा उपस्थित नहुने भएका छन्। एमालेका ६ सांसद घरायसी समस्यामा परेका छन् भने राप्रपाका दुई सांसद अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा पनि घरायसी समस्यामा परेका कारण सोमबार तय भएको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन्।मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभाको बैठक सोमबारका लागि आह्वान गरेका छन्। तर बैठकमा प्रदेशसभामा ज्येष्ठ सदस्य रह

गण्डकी प्रदेश सरकारद्वारा आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक

गण्डकी– गण्डकी प्रदेश सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गर्दै यस बीचमा स्वास्थ्यलगायत जनसरोकारका विभिन्न विषयमा महत्त्वपूर्ण पहलकदमी सुरु भएको जनाएको छ । प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो नेतृत्वमा यही वैशाख १५ गतेदेखि हालसम्मको अवधिमा भए गरेका कामबारे जानकारी गराउँदै सीमित बजेटमा जनताको आवश्यकता सम्बोधन गर्न प्रयास गरिएको बताए। आमनागरिकको जीवनस्तर उकास्न उत्पादनमूलक क्षेत्रमा लगानी […]

वाग्मती प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान, दलहरुलाई पाँच दिनको समय

हेटौंडा : वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्। शर्माले बिहीबार संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। उनले मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई…

मन्त्रालय विभाजन गरेकोमा पश्चात्ताप छैन : मुख्यमन्त्री पाण्डे

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गरेकोमा कुनै पश्चात्ताप नभएको बताएका छन्।शुक्रबार प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले मन्त्रालय विभाजन गरेकोमा आफूलाई कुनै पश्चात्ताप नभएको बताएका हुन्।‘मन्त्रालय बढाएकोमा हामीलाई लाज पनि छैन, पश्चात्ताप पनि छैन’, मुख्यमन्त्री पाण्डेले भने। उनले संविधानले प्रदेशसभा सदस्यको २० प्रतिशत मन्त्रालय बनाउने अधिकार दिएको भन्दै आफूहरूले संविधानअनुसार

एमालेले प्रदेशमा पनि केन्द्रकै सिको गर्‍यो : मुख्यमन्त्री पाण्डे

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेकपा (एमाले)ले केन्द्रको सिको प्रदेशमा पनि गरिरहेको बताएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेको दोस्रो दिनको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए। सभामुखले बैठक स्थगित गरेको केही समयपछि मुख्यमन्त्री पाण्डे संसद पुगेका थिए। करिब एक घण्टा सभामुख…

गण्डकीमा सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय

गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय दिएकी छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले दलहरूलाई सरकार गठनका लागि आह्वान गरेकी हुन् । 'नेपालको संविधानको धारा १३८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,' प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हेर्नुहोस्, विज्ञप्ति :​

विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोराना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउन सकिने बताएका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र अन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको आज अवलोकन गर्दै उनले विराटनगर कोरोनाको मुख्य केन्द्रविन्दु रहेकाले एक दुई दिनको अवस्था हेरेर सुरक्षा, प्रशासन, स्थानीय निकाय एवं सबैको सहयोगबाट प्रदेश सरकारले छलफल पश्चात् आवश्यक सावधानीका लागि निषेधाज्ञा लगाउने निर्णय गर्नुपर्ने हुन सक्ने जानकारी दिए ।उनले सुनसरी जिल्लामा निषेधाज्ञा लाग