नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् । तर अहिले मुख्यमन्त्री अप्ठेरोमा रहेको उनले टिप्पणी गरे ।
काठमाडौंको चन्द्रागिरिमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकको बीचमा पत्रकारहरूसँग कुरा गर्दै नेता नेपालले अष्टलक्ष्मीलाई सहयोग गर्ने/नगर्ने भन्ने कुरा २१ दिनपछि थाहा हुने बताएका हुन् ।
‘मेरो सहमतिमै अष्टलक्ष्मी मुख्यमन्त्री बन्नुभएको हो, तर अहिले अप्ठेरोमा हुनुहुन्छ,’ नेपालले भने, ‘२१ दिनभित्र कता रोज्नु हुन्...