हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गरेकोमा कुनै पश्चात्ताप नभएको बताएका छन्।शुक्रबार प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले मन्त्रालय विभाजन गरेकोमा आफूलाई कुनै पश्चात्ताप नभएको बताएका हुन्।‘मन्त्रालय बढाएकोमा हामीलाई लाज पनि छैन, पश्चात्ताप पनि छैन’, मुख्यमन्त्री पाण्डेले भने। उनले संविधानले प्रदेशसभा सदस्यको २० प्रतिशत मन्त्रालय बनाउने अधिकार दिएको भन्दै आफूहरूले संविधानअनुसार