माओवादी केन्द्रका जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री

बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । जमकट्टेललाई गठबन्धन दलसहितका ७० जना प्रदेशसभा सांसदको समर्थन प्राप्त भएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँलाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा …

सम्बन्धित सामग्री

बागमती प्रदेश : मुख्यमन्त्रीमा कस्को दाबेदारी ?

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शुक्रबार पदबाट राजीनामा दिए। मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पाण्डेले संघीय सांसदको शपथग्रहण गरेपछि प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन्।प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनको राजीनामा स्वीकृत पनि गरिसकेका छन्। कानुनी जटिलताका कारण अर्को सरकार नबन्दासम्म बागमती प्रदेशको मुख्यमन्त्री पाण्डे नै रहेका छन्। उनले पदबाट राजिनामा दिएसँगै बागमती प्रदेशमा अबको मुख्यमन्त्री को बन्ला? भन्ने स

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

दोहोरो भूमिकामा रहेका राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।बागमती प्रदेशका मुख्यमन्त्री रहकै अवस्थामा संघीय संसदमा निर्वाचिन भएर शपथ लिएको भन्दै राजनीतिक वृत्तमा पाण्डेको आलोचना समेत भएको थियो ।पाण्डे प्रदेशसभाको पहिलो कार्यकालमा तेस्रो मुख्यमन्त्री

को बन्ला बागमती प्रदेशको मुख्यमन्त्री ?

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आइसक्नै लाग्दा बागमती प्रदेश सरकारको मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ।...

बागमतीमा तत्काल मुख्यमन्त्री हेरफेर नहुने

काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेरको सम्भावना तत्काललाई टरेको छ । यससँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् ।

शालिकराम जमरकट्टेललाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने प्रचण्डको पहल

काठमाडौं, ३० फागुन । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेललाई मुख्यमन्त्री बनाउन प्रचण्डले पहल थालेका छन् । उनले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीलाई मुख्यमन्त्री छाडेर बागमतीमा जमरकट्टेललाई बनाउन पहल थालेका हुन् । आज धनगढी पुगेका प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सुदुरपश्चिममा मुख्यमन्त्री छाडेमा सुदूरपश्चिम छाड्ने जवाफ दिएको खुलासा गरेका हुन् । उनले […]

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

हेटौंडा : नेकपा (एकीकृत समाजवादी)  प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ बमोजिम पाण्डेलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् ।पार्टी विभाजनपछि अल्पमतमा परेकी शाक्यले संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएकी थिइन् । शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले आज बिहीबार दिउँसो ३ बजेसम

बागमती र प्रदेश १ मा यसै साता मुख्यमन्त्री फेरिँदै

दुईवटा प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिने भएका छन् । बागमती र प्रदेश १ मा अल्पमतमा परेका मुख्यमन्त्री फेरिने भएका हुन् । नेकपा एमाले विभाजनपछि दुवै प्रदेशका मुख्यमन्त्री अल्पमतमा परेका छन् । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । कार्तिक ४ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतदान प्रक्रिया अघि बढाइने छ ।यस्तै, प्रदेश १ प्रदेशसभाको बैठक कार्तिक ५ गते शुक्रबारका लागि

अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने भएकी छन्। शाक्यलाई संसदीय दलको नेता चयन गरेर आजै मुख्यमन्त्री घोषणा गर्न लागेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अरुण नेपालले थाहाखबरलाई जानकारी दिए। अहिले संसदीय दलको बैठक जारी रहेको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीको खरो विरोधमा उत्रिएकी शाक्यलाई मुख्यमन्त्री बनाएर ओलीले बागमती प्रदेशमा आफूलाई बलियो बनाएका छन्। शाक्यलाई नियुक्ति गर्नका लागि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने तयारी