दोहोरो भूमिकामा रहेका राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।बागमती प्रदेशका मुख्यमन्त्री रहकै अवस्थामा संघीय संसदमा निर्वाचिन भएर शपथ लिएको भन्दै राजनीतिक वृत्तमा पाण्डेको आलोचना समेत भएको थियो ।पाण्डे प्रदेशसभाको पहिलो कार्यकालमा तेस्रो मुख्यमन्त्री