हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शुक्रबार पदबाट राजीनामा दिए। मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पाण्डेले संघीय सांसदको शपथग्रहण गरेपछि प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन्।प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनको राजीनामा स्वीकृत पनि गरिसकेका छन्। कानुनी जटिलताका कारण अर्को सरकार नबन्दासम्म बागमती प्रदेशको मुख्यमन्त्री पाण्डे नै रहेका छन्। उनले पदबाट राजिनामा दिएसँगै बागमती प्रदेशमा अबको मुख्यमन्त्री को बन्ला? भन्ने स