काठमाडौं। प्रतिनिधिसभाका सभामुख पदको लागि आज निर्वाचन हुँदैछ। बिहीवारको प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ। बिहान ११ बजेदेखि निर्वाचन सुरु हुनेछ। सभामुखको निर्वाचनका लागि बुधबार मनोनयन भएको थियो। जसमा सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। […]