विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसको मृत्यु भएको अनुमान गरेको छ। यो २०२० जनवरी १ देखि २०२१ डिसेम्बर ३१ को बीच मृत्यु हुने संख्याको नयाँ अनुमान हो। हाल विश्वमा कोरोनाबाट ५४ लाखको मात्रै मृत्यु भएको आधिकारिक मानिएको छ। धेरै देशले कोभिडबाट मृत्यु हुनेको संख्या कम देखाएको डब्ल्यूएचओले जनाएको छ।डब्लूएचओले भारतमा मात्रै कोरोनाले ४७ लाख मानिसको मृत्यु भएको उल्लेख गरेको छ। यो संख्या आधिकारिक तथ्यांकभन्दा करिब १० गुणा बढी हो।&n