जेनेभा – कोरोना भाइरसको नयाँ भेरिएन्टका रूपमा देखिएको ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ। विश्वभरिबाट सङ्कलन गरिएको ओमिक्रोनबाट सङ्क्रमितहरूको विवरण हेर्दा अहिलेसम्म कसैको पनि मृत्यु नभएको अधिकारीहरूको भनाइ छ। तर सङ्क्रमणको फैलावट भने तीव्र देखिएको पनि राष्ट्रसङ्घीय निकाय डब्लूएचओले जनाएको छ। डब्लूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेइरले भने, ‘मैले अहिलेसम्म […]