पत्रपत्रिकाले आत्महत्याको दरमा वृद्धि भयो भनेर भन्ने गरे पनि तथ्याङ्क हेर्दा भने आत्महत्याको सङ्ख्यामा बढोत्तरी आएको पाइँदैन । हाम्रो देशमा ५ वर्षको तथ्याङ्क हेर्ने हो भने आत्महत्या एकदमै धिमा गतिमा बढेको छ । तर, अरु देशमा हेर्ने हो भने यो भन्दा धेरै बढेको पाइन्छ । नेपाली समाजको लागि अहिले हेर्दा केही बढी हो तर, ऐेतिहासिक रुपमा बढेर गएको भने छैन ।
आत्महत्या पहिले पनि थियो तर, चर्चा हुँदैनथ्यो । हामीले थाहा पाउने भनेको रेडियो, टीभी र अखबार साथै प्रहरीले भनेपछि हो । यसको मुख्य श्रोत भनेको नेपाल प्रहरीको तथ्याङ्क हो । तर...