बैतडी : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा करिब २ हजार ४ सय आपराधिक घटना भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ३ सय ८० आपराधिक घटना भएका हुन्। गत वर्ष जबर्जस्ती करणी, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराध, बाल यौन दुराचार, ज्यान मार्ने उद्योग, बालविवाह, बहुविवाह, अवैध गर्भपतन, बोक्सी आरोप, जातीय छुवाछुत लगायतका ४२७ घटनाहरु उजुरीको रुपमा दर्ता भएका छन्।यस्तै कर्तव्य ज्यान ५८, जबर्जस्ती करणी २