भोजपुर : चाडपर्वका बेलामा हुनसक्ने आपराधिक घटना न्यूनीकरणका लागि जिल्लामा सुरक्षा निकायबाट विशेष योजना बनाइएको छ। जिल्लामा चाडपर्वको समयमा कुनै पनि घटना हुन नदिन जिल्ला तहका सबै सुरक्षा निकायसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए।
उनले भने, ‘निर्वाचनसमेत नजिकिँदै गएको साथै दशैँ-तिहारलगायतका चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाएका…