सुदूरपश्चिम प्रदेश : एक वर्षमा ३ हजार १४१ आपराधिक घटना, तीमध्ये आत्महत्या सबैभन्दा बढी

कैलाली । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार १४१ वटा आपराधिक घटना भएका छन् । तीमध्ये प्रदेश राजधानीसमेत रहेको कैलालीमा सर्वाधिक आपराधिक घटना भएका छन् । कैलालीमा गत वर्ष एक हजार ३०७ आपराधिक घटना दर्ता भएका छन् । दोस्रोमा कञ्चनपुर जिल्ला छ, जहाँ गत वर्ष ८६८ आपराधिक घटना भएका छन् । प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा कम आपराधिक घटना बाजुरामा भएको छ । बाजुरामा वर्षभरि ११८ आपराधिक घटना भएको छ ।प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम अछाममा १३९ ,बझाङ १५५, डोटीमा १३९, दार्चुलामा १२