चाडपर्वका बेलामा हुनसक्ने आपराधिक घटना न्यूनीकरणका लागि भोजपुरमा सुरक्षा निकायबाट विशेष योजना बनाइएको छ । जिल्लामा चाडपर्वको समयमा कुनै पनि घटना हुन नदिन जिल्ला तहका सबै सुरक्षा निकायसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । उनले भने, “निर्वाचनसमेत नजिकिँदै गएको साथै दसैँ–तिहारलगायतका चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाएका छौँ ।”चाडपर्वका बेलामा कुनै पनि घटना जिल्लाभित्र हुन नदिन विशेष सुरक्षा योजना अपनाइने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहर