गोरखा – गोरखाको मनास्लु संरक्षण क्षेत्र अन्तर्गत बूढीगण्डकी नदीमा ओत नामको जनावरको बसोबास रहेको अनुमान गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराका उपप्राध्यापक ध्रुव जिसी नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनमा त्यो क्षेत्रमा ओतको बसोबास रहेको पुष्टि हुने तथ्यहरू फेला परेको हो हो । अहिलेसम्मको अध्ययनबाट चुमनुब्रीको फिलिमदेखि जगत आसपाससम्मको बूढीगण्डकी नदीको किनारमा ओतको बसोबास रहेको हुन सक्ने सङ्केत पाइएको जिसीले जानकारी दिनुभयो ।‘बूढीगण्डकी किनारका केही ठाउँमा दिसा फेला पारिएको छ र त्यो ओतकै हुन सक्ने हाम्रो...