काठमाण्डाै - रातभर पानी परे पनि अहिले देशका धेरै ठाउँमा घाम चर्किएको छ । गएराति देशका धेरै ठाउँमा लागातार पानी पर्दा ठाउँ-ठाउँमा पहिरो गएको छ ।
पहिरोको कारण मुख्य राजमार्गमा गाडीको चाप परेको छ । तर, बिहान भएसँगै पानी पर्न रोकिएको छ । केही दिनदेखि रातमा झरी पर्ने र दिउँसो घाम लाग्ने भइरहेको छ । मौसमविद् वरुण पौडेलका अनुसार अबको केही दिन रातभर पानी पर्ने र बिहान, दिउँसो चर्काे घाम लाग्ने अनुमान गरिएको छ ।
बर्खामा मनसुनको जलवाष्पयुक्त हावाका कारण रातको समयमा बादल बन्न सजिलो हुने भएकाले रातभरी पानी पर्...