कैलालीको मोहना नदीमा पानी गौँथली चराको ठूलो बथान फेला परेको छ । कैलारी गाउँपालिका–४ स्थित भितरियामा यस चराको ठूलो बगाल फेला परेको हो ।चराविद् हिरुलाल डङ्गौराले सो ठाउँमा तीन हजार ५६४ वटा पानी गौँथली अभिलेख भएको जानकारी दिए । मोहना नदीमा पहिल्यैदेखि पानी गौँथली बसोबास गर्दै आएको हुनसक्ने अनुमान गरिए पनि त्यहाँ सो चरा बस्ने गरेको गत वर्ष मात्रै पुष्टि भएको थियो । नेपालका अरू ठाउँमा हालसम्म यति धेरै सङ्ख्यामा पानी गौँथली अभिलेख भएका छैनन् । सन् १९९० अगाड