संगठन पुनर्गठनमा होमिएको नेकपा माओवादी केन्द्र बागलुङले जिल्लाका १० वटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ ।
तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो ।
पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’का अनुसार बागलुङ नगरपालिकाको अध्यक्षमा इन्द्र केसी, सचिवमा राजु खड्का, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा खिम साहनी, ढोरपाटन नगरपालिकाको अध्यक्षमा भीम गौतम, सचिवमा सुमित घर्ती र जैमिनी नगरपालिक...