बेनी–जोमसोम सडकको रुप्से झरनामा बेली ब्रिज निर्माण

म्याग्दी : राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से झरनामा बेली ब्रिज निर्माण गरिएपछि नियमित यातायात सञ्चालन भएको छ।उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत ४८ मिटर लामो बेली ब्रिज नियमित सञ्चालनमा आएको हो।३ वर्षअघि विसं २०७७ साउनमा रुप्से झरनामा आएको बाढीले अस्थायी पुल र निर्माणाधीन पक्की पुल एकसाथ बगाएको थियो। पुल बगाएपछि बर्खामा

सम्बन्धित सामग्री

४ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराेका कारण गएकाे आइतवार बिहानदेखि अवरुद्ध भएको सडक आज बुधवार दिउँसोदेखि सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले वर्षा रोकिएपछि पहिरो पन्छाएर ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा गाडी सञ्चालन गरिएको जानकारी दिनुभयो । आयोजनाको निर्माण कम्पनीका डोजर, कर्मचा...

बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण...

बेनी-जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ५ घण्टा यातायात आवत जावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले चैत ३ […]

बेनी–जोमसोम सडक : म्याग्दी खण्डको काम सुस्त

म्याग्दी : बहुचर्चित राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नति गरी कालोपत्रे गर्ने योजनासहित काम शुरु भएको पाँच वर्ष भयो। २०७४ सालको जेठ महिनामा सुरु भएको यो आयोजनाको म्याग्दी खण्डको निर्माण अझै पूरा भएको छैन। पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले उपकरण र जनशक्ति न्यून परिचालन गरेर काम समयमै सम्पन्न नगर्दा सडक अलपत्र बनेको छ। मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नाजुक छ। बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडक चार खण्डमा काम अघि बढाइएको थ

बेनी–जोमसोम सडक चार घण्टा अवरुद्ध

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ । म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा विस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्न २०७९ वैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा सवारी साधन आवतजावत बन्द गर्न लागिएको हो । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घाँसा–काभ्रेभिर खण्डमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरेर सडक विस्तारको काम गर्ने निर्णय भएको जानकारी दिए । यसअघि गत माघ १० गतेदेखि बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ चैतै दसैंमा मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटकको चाप बढेपछि चैत १५ गतेदेखि हटाइएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक निर्माणको कामलाई तीव्रता दिन र सुरक्षालाई ध्यानमा राखेर सवारी साधन र काम गर्ने समयतालिका बनाइएको बताए ।   विसं २०७४ मा शुरू भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको छ वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ । ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये छ वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन् । ७६ किलोमिटर दूरीको बेनी–जोमसोमको चारवटामध्ये एकवटा प्याकेजको कालोपत्र सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा छ । रासस

रघुगंगा नदीमा पक्की पुल निर्माण

म्याग्दी- बेनी–जोमसोम सडक अन्तरगतम्याग्दीको गलेश्वरस्थित राघुगंगा नदीमाथि पक्की पुल निर्माण गरिएको छ । कालिगण्डकी करिडोर सडक आयोजनाले बेनीनगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सीमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण गरेको हो । ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिकोे पुल निर्माण भएपछि सवारीसाधन सञ्चालन गरिएको छ । पुल निर्माण भए […]

म्याग्दीको बेनी–जोमसोम सडक दुई सातापछि खुल्यो

म्याग्दी । म्याग्दीको बेनी–जोमसोम सडकमा दुई सातापछि सवारी सूचारु भएको छ । अवरुद्ध बनेको सडकलाई निर्माण कम्पनीहरु परिचालन गरी पहिरो पन्छाएपछि आजदेखि सडक सूचारु भएको हो । म्याग्दीको रघुगंगा गाउँपालिका राहुघाट, गलेश्वर, अन्नपूर्ण गाउँपालिका रुप्से छहरालगायतका स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको थियो । सडकमा सिधा सवारी नहुँदा म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासीसँगै मुस्ताङबासीले ठाउँ […]

बेनी–जोमसोम सडक कालोपत्र शुरू

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र शुरू भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पहिलो र तेस्रो प्याकेजमा कालोपत्रको काम थालिएको हो । पहिलो प्याकेजअन्तर्गत जिल्लाको राहुघाटदेखि बेगखोलासम्मको ६ किलोमिटर र मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६ दशमलव ५ किलोमिटर सडक कालोपत्र शुरू गरिएको छ । प्रवेश विन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करीब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इन्जिनीयर आशिष मानन्धरले बताए । ‘बेनी–घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा अस्फाल्ट प्रविधिको कालोपत्र हुँदै छ,’ उनले भने, ‘११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।’      १६ दशमलव पाँच किलोमिटर दूरीको दोस्रोअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा रहेको काभ्रे, बादरजुङ र घोप्टेभिर तथा पहिरो प्रभावित रुप्से क्षेत्रबाहेकका स्थानमा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । पहिलो प्याकेजको बेगखोला–जलथले खण्डमा भने ढिलाइ भएको छ । पहिलो प्याकेजको राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदार ओमकारेश्वर कन्सट्रक्शनका प्रतिनिधि अमृत दाहालले प्राइम कोड हालेर कालोपत्रको काम शुरू गरेको बताए । ‘मौसमले साथ दियो भने गलेश्वरदेखि बेगखोलासम्मको ६ किलोमिटर सडक जेठभित्र कालोपत्र सक्ने तयारी गरेका छौं,’ उनले भने, ‘सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर सब बेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्र गर्न लागिएको हो ।’ कोरोना महामारीको जोखिम र निषेधाज्ञाकै बीच स्थानीय प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र स्थानीय पालिकासँग समन्वय गरेर मजदूर, उपकरण र निर्माण सामग्री जुटाएर आयोजनालाई निरन्तरता दिइएको दाहालले बताए ।      २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । करीब  ६ अर्ब लागतको उक्त सडक आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८८ र बेनी–जोमसोम खण्डको ६५ प्रतिशत भौतिक प्रगति छ । सात प्याकेजको जोमसोम–कोरला खण्डको चार प्याकेजको काम निर्माण सकिएको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले जानकारी दिए ।       २०६४ सालमा नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक कच्ची र जीर्ण थियो । बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग २ अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । बेनी–घाँसा खण्डका दुई प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मा÷युनाइटेड जेभीले लिएको थियो ।   २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महŒवपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ । रासस

बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द

म्याग्दी (अस) । बेनी–जोमसोम सडकखण्ड दैनिक ९ घण्टा बन्द हुन थालेको छ । सडक स्तरोन्नति र विस्तार कार्य तीव्र बनाउन सडक खण्डको म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुंगे भीर क्षेत्रमा काम भरहेको छ । सहज रूपमा काम सम्पन्न गर्न सवारीसाधन सञ्चालनमा वैशाख ९ देखि मसान्तसम्मका लागि दैनिक ९ घण्टा रोक लगाइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिए । उनका अनुसार दैनिक रूपमा बिहान साढे ६ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ साढे ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरेर निर्माण गरिँदै छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ को तिप्ल्याङ क्षेत्र, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ को बादरजुंगे भीर र मुस्ताङको थासाङ गाउँपालिका–४ को घाँसादेखि लेतेसम्मको सडक स्तरोन्नति भइरहेको उनले बताए । बेनी–जोमसोम सडकको काम चार प्याकेजमा भइरहेको छ । निर्माण कम्पनीले म्याग्दीको अन्नपूर्ण–३ र मुस्ताङको थासाङ–४ को सीमाक्षेत्रमा पर्ने बादरजुंगे भीरमा सडक चौडा पार्न रक कटिङको काम गरिरहेको छ । यस्तै, अन्य स्थानमा माटो फिलिङ, वाल लगाउने काम र नाली निर्माण गरिँदै छ । बेनी–जोमसोम–कोरला सडकको काम २०७४ सालदेखि शुरू भएको हो । करीब ६ अर्ब रुपैयाँ लागतको उक्त सडकमा अहिले ग्राभेलको काम भइरहेको छ । सडक आयोजनाका अनुसार हालसम्म बेनी–जोमसोम खण्डको भौतिक प्रगति ६० प्रतिशत र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द

म्याग्दी : राष्ट्रिय गौरवको आयोजना मानिएको बेनी–जोमसोम सडकखण्ड यही वैशाख मसान्तसम्म दैनिक ९ घण्टा बन्द गरिने भएको छ। सडक स्तरोन्नति र विस्तारको कार्यलाई तीव्र रुपमा बढाउन सडक खण्डको म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भीर क्षेत्रमा काम भइरहेको छ। सवारी साधनहरु बन्द गरेर निर्माण बढाइइने भएकाले मार्ग बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिएका छन्।उनका  अनुसार वैशाख मसान्तसम्म दैनिक रुपमा बिहान साढे ६