म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराेका कारण गएकाे आइतवार बिहानदेखि अवरुद्ध भएको सडक आज बुधवार दिउँसोदेखि सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।
आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले वर्षा रोकिएपछि पहिरो पन्छाएर ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा गाडी सञ्चालन गरिएको जानकारी दिनुभयो । आयोजनाको निर्माण कम्पनीका डोजर, कर्मचा...