रसुवा - रसुवामा परिवार सङ्ख्याभन्दा भूकम्पपीडित लाभग्राहीको सङ्ख्या धेरै देखिएको छ ।
राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार रसुवामा ११ हजार ३ सय ६२ घर छन् । जसमा ११ हजार ८ सय ४१ परिवार बसोबास गर्छन् । तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १२ हजार ३ सय ७ जना भूकम्प पीडितसँग लाभग्राहीका रुपमा सम्झौता गरेको छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार गोसाइँकुण्ड गाउँपालिकाका १ हजार ९ सय ३६, कालीकाका २ हजार ६ सय ८, नौकुण्डका ३ हजार ३ सय ६३, आमाछोदिङ्मोका २ हजार ३५ र उत्तरगयाका २ हजार ३ सय ६५ जना लाभग्राहीस...