७ भदौ, काठमाडौं । सरकारले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बढुवापछि सचिव दुवाडीलाई सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको उनले बताए ।